गायिका समिक्षा अधिकारीको दोधारे स्टाटास- पहिला पलसँग अ’नैतिक सम्बन्ध छैन भन्ने, फेरि अहिले…

काठमाडौं । गायिका समिक्षा अधिकारी र नायक पल शाहबीचको विवाद पुन: सतहमा आएको छ । सन् २०२१ अक्टोबर २४ मा गायिका अधिकारीले निकै लामो स्टाटस लेखेपछि पल र उनीबीचको विवाद सा’म्य भएको थियो ।

उनले त्यो बेला पलसँग एक कलाकारको सम्बन्ध र अभिभावकको जस्तो सम्बन्ध रहेको भनेपछि कलह साम्य भएको थियो । तर बिहीबार उनले एक्कासि अक्टोबर २१ को स्टाटसको स्क्रीन सट राखेर अर्को स्टाटास लेखेकी छन् ।उनले पहिलेकै विषयलाई स’मस्याको रुपमा उठाउँदै पलसँगको असन्तुष्टि पोखेकी छन् ।

र, लामो कुरा नगरी चाँडोभन्दा चाँडो यथार्थ खुलाउने उल्लेख गरेकी छन् ।उनले २०२१ अक्टोबर २४ मा आफै अनि आफ्नै फेसबुक वालमा राखेको लामो स्टाटसको भाव आफैले खारेजी गरेकी हुन् ।उनले भनेकी छन्, ‘म लामो केही भन्दिनँ । २०२१ अक्टोबर २४ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकताभन्दा धेरै टाढा छ।

जुन कसैको अनुनयमा लेखेकी थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु।’पहिलेको स्टाटसको स्क्रिन सट र यो स्टाटसले पल र समिक्षाको सम्बन्धबारे निकै गहिरो रहस्य रहेको अनुमान गर्न सकिन्छ । किनकि समिक्षाले पहिले पल र आफूमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको भन्दै स्टाटस लेखेकी थिइन् । उनले आफूहरु बीचको सम्बन्ध अभिभावक र छोरा छोरीको जस्तै भएको उल्लेख गरेकी थिइन् ।

त्यतिमात्रै होइन उनले आफूहरुको बारेमा लेख्ने मिडियाहरुलाई झुट भन्दै कडा आपत्ति जनाएकी थिइन् । उनले पल र आफूबिचको सम्बन्धलाई तोडमोड गरिएको आरोप लगाउँदै मिडियालाई तु’च्छसमेत भन्न भ्याइन् । तर अहिले उक्त स्टाटस कसैको अनुनयले लेखेको भन्दै आफ्नै भनाइ खारेजी गरेकी छन् । याे उनकाे दुईजिब्रे बाेलीले आफ्नै कमजोरी सावित हुने देखिन्छ ।

उनको याे स्टाटसले ठूलै रहस्य लुकेको दर्शक-श्रोताले अनुमान गर्न थालेका छन् । उनका पछिल्ला अभिव्यक्तिहरुले दर्शक तथा स्रोताहरुमा उक्त रहस्यले कौतुहलता बढाएको देखिन्छ । कलाकारिताबाट ख्याति कमाएका यी दुई सार्वजनिक व्यक्तित्व भएका कारण उनीहरुप्रति सबैले चासो राख्नु स्वाभाविक पनि हो ।

प्रतिक्रिया दिनुहोस