भारतीय अनुसन्धानकर्ताले भने नेपालको हिमाली क्षेत्रमा पाइने लालीगुराँस कोभिडको औसधि हुने गरे खुलासा

नयाँ दिल्ली : हिमाली क्षेत्रमा पाइने लालीगुराँस फुल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् । कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निस्कर्ष आएको हो ।

बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्याम कुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ । कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन् । एजेन्सी

लाली गुराँस नेपालको राष्ट्रिय फूल हो। यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ। यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो। लाली गुराँस साधारण तया माघ, फागुन तिर फूलेको देखिन्छ। तर छिटो फूल्ने ठाउँमा यो फूल पौषको महिनामा पनि फूलेको देखिन्छ। फूलको रंग रातो हुन्छ।

फूलको आकार औसत अरु फूलहरू भन्दा केही ठूलो हुन्छ। यसको पात लामो हुन्छ। पातको लम्बाई लगभग ५ देखि १० से.मी.सम्म हुन्छ। यसको रुखको उँचाई र आकार ठाउँ अनुसार फरक हुन्छ। निम्न पहाडी भू-भागमा यसको रुख मध्यम खालको हुन्छ भने उच्च पहाडी भागमा यसको रुख धेरै ठूलो र झ्याम्म परेको हुन्छ।

विश्वमा लालिगुराँससँग मिल्दोजुल्दो प्रजातिका अन्य ५ गुराँसहरू पाइन्छन्। यसै वर्गमा पर्ने सेतो गुराँस अर्थात चिमाली ३ हजार मीटर भन्दा माथिको उचाइमा पाइन्छ। यसको फूललाई जुस बनाउने काममा प्रयोग गरिन्छ। यो पतझड अर्थात् decidious वर्गमा पर्दछ। यसको रूख होचो झ्याम्म परेको हुन्छ जुन धेरजसो भीरालो ठाउँमा उम्रन्छ।

उच्च पहाडी भेकमा पाइने यो वनस्पति चैत्र-बैशाख महिनामा फूल्ने गर्दछ। नेपालमा पाइने लाली गुराँसका दुवै प्रजातिहरू औ’षधि मानिन्छन्। लाली गुराँस घाँटीमा खानेकुरा वा अरु केही चीज अ’ड्किएको बेलामा खाँदा ख’ड्किएको चीज निस्कन्छ । त्यसैले पनि यसलाई औषधि मानिन्छ । नेपालमा गुराँसको सर्वत बन्दछ।

विश्वको सबैभन्दा अग्लो लालीगुराँसको बोट नेपालमा रहेको छ। इलाम जिल्लाको मंगलबारे गाविसमा रहेको १६.१ मीटर अग्लो सो लाली गुराँसलाई गिनिज बुकले विश्वको सबैभन्दा अग्लो गुराँसको रूपमा अङ्कित गरेको छ।

प्रतिक्रिया दिनुहोस