वर्षौंदेखि बेकार फ्यालिएको सिलाई मेसिनको गोप्य घर्रा खोल्दा जे देखियो …

अमेरिकाको कोलम्बिया सहरमा बस्ने क्याथी अर्नाल्डले ५० वर्ष पुरानो सिलाई मेसिन किन्दासम्म उनलाई पनि थाहा थिएन त्यही मेसिनका कारण उनी निकै चर्चित बन्नेछिन् । जीवनमा हामीसँग कहिले हामीले कल्पना नै नगरेका चीज आउँछन् भन्ने सोच्न सकेत सकिँदैन ।

साउथ क्यारोलिनाको कोलम्बियाकी क्याथी अर्नाल्डने स्थानीय पसलबाट त्यो ५० वर्ष पुरानो सिलाइ मेसिन किनेकी थिइन् । पैसा जम्मा गरेर क्याथीले त्यो मेसिन किनेर घर लिएर आइन् । यो मेसिनको ड्रअरमा केही पुराना कपडा र एउटा कैंची राखिएको थियो ।

जब क्याथीले ड्रअर बन्द गर्ने कोसिस गरिन् उनलाई यस्तो लाग्यो कि त्यहाँ बीचमा केही चीज अड्किएको छ । जब उनले ड्रअरलाई मेसिनबाटै बाहिर निकालिन् उनले मेसिनमा लुकाएर राखिएको निकै सुन्दर चीज भेट्टाइन् ।

यो एक चीजका कारण क्याथी निकै चर्चित भइन् । त्यहाँ एउटा पुरानो चिठी थियो । यो चिठी अमेरिकी सैनिक वाल्टर स्मिथले आफ्नी श्रीमती रोबर्टालाई लेखेका थिए । दोस्रो विश्वयुद्धमा खटिएका वाल्टरले रोबर्टालाई आफूले कति माया गर्छन् भन्ने कुरा चिठिमा बयान गरिएको थियो । यो चिठि पढेपछि क्याथीले वाल्टर र उनको जीवनबारे एक स्थानीय समाचार च्यानलको सहयोगमा खोजी सुरु गरिन् ।

अन्ततः क्याथीले यो जोडीको बारेमा पत्ता लगाइन् । यो जोडीको कुनै सन्तान त थिएनन् तर आफ्नो मायाका कारण छिमेकमा निकै प्रसिद्ध थिए । वाल्टर युद्धमा शहीद भएका थिए र यो चिठि भेटिनुभन्दा पहिले उनकी श्रीमतीको पनि मृत्यु भइसकेको थियो

प्रतिक्रिया दिनुहोस