सुदुरपश्चिमको अब्बल शैकि्षक संस्था बन्दै फलोरिडा इन्टरनेशनल बोर्डिङ सेकेण्डरी स्कूल

नयाँ शैकि्षक शत्र शुरु हुनै लाग्दा धेरै अभिभावकहरुलाई आफना नानीहरुलाई कस्तो विद्यालयमा भर्ना गर्ने भन्ने चिन्ताले सताउने गरेको छ । यदि तपाई सुदुरपशि्चम क्षेत्रमा बसोबास गर्नुहुन्छ र यस्तै दि्धविद्यामा हुनुहुन्छ भने कन्चनपुरको महेन्द्रनगरमा रहेको फलोरिडा इन्टरनेशनल बोडिङ सेकेण्डरी स्कूल तपाईका बालबालिकाका लागि एउटा उपर्युक्त शैकि्षक संस्था हुन सक्छ । वि.सं. २०५७ सालमा स्थापना भएको यो विद्यालयमा अहिले मन्टेश्वरी देखि कक्षा १२ सम्मको पढाई हुन्छ ।

विद्यालयले नयाँ शैकि्षक शत्रको अवसर पारेर भर्ना समेत खुलाई सकेको छ । गुणस्तरिय शिक्षामा कटिबद्ध यो विद्यालयमा तालिम प्राप्त, अनुभवि र दक्ष शिक्षक शिकि्षका कार्यरत छन् । जसले गर्दा यहाँबाट अन्तराषि्ट्रयस्तरको शैकि्षक जनशकि्त उत्पादन भइरहेका छन् । यसका साथै विद्यालयमा टाढा टाढाबाट आउने विद्यार्थीहरुका लागि सुविद्या सम्पन्न होस्टलको समेत व्यवस्था रहेको विद्यालयका प्रबन्ध निर्देशक उत्तर टमटाले जानकारी दिनुभयो ।

निर्देशक टमटाका अनुसार सिमित पूर्वाधार र थोरै विद्यार्थीहरुबाट आफनो शैकि्षक यात्राको थालनी गरेको फलोरिडा इन्टरनेशनल बोडिङ सेकेण्डरी स्कूल करिव २ दशकको अवधिमा सुदुरपशि्चम प्रदेशकै एउटा अग्रणी शैकि्षक संस्थाको रुपमा चिनिन पुगेको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिका १८ जानकीटोलमा रहेको यो विद्यालयमा अहिले स्थानीयसँगै र सुदुर पशि्चमका विभिन्न जिल्लाका सयौ बालबालिकाहरु अध्ययनरत छन् । विद्यालयकी प्रद्यानध्यापक गंगा जोशीका अनुसार यो विद्यालयबाट अध्ययन पूरा गरेका विद्यार्थीहरु अहिले अस्ट्रेलिया, अमेरिका र विभिन्न युरोपियन मूलुकहरुमा उच्च शिक्षा अध्ययन गरिरहेका छन भने कतिपयले अहिले स्वदेशमै डक्टर, इनि्जनियर, शिक्षक, नेपाल प्रहरी, नेपाली सेना, नर्स र अन्य सरकारी ओहोदामा बसेर आफनो क्षमता प्रर्दशन गरिरहेका छन् ।

गुणस्तरिय शिक्षाका लागि पूर्वाधारलाई पहिलो शर्त मानिन्छ । यहि कुरालाई मध्यनजर गर्दै फलोरिडा इन्टरनेशनल बोर्डिङ सेकेण्डरी स्कूलले आवश्यक सवै किसिमका पूर्वाधारको व्यवस्था गरेको छ । प्रद्यानध्यापक जोशी भन्नुहुन्छ यो विद्यालयले बालबालिकालाई कोरा कितावी ज्ञानमा मात्रै सिमित राखेको छैन । हामीले विद्यार्थीहरु रचनात्मक र सिर्जनात्मक बनुन भन्ने उदेश्यले अन्तकि्रयामुलक आधुनिक शिक्षण विधिलाई अबलम्बन गरिरहेका छौं । यसले बालबालिकालाई सभ्य, अनुशासित, उत्तरदायी र जिम्वेवार सामाजिक नागरिक बन्न प्रेरित गर्ने गरेको जोशी बताउनु हुन्छ ।
शान्त वातावरण, सुरकि्षत पूर्वाधार, बालमैत्री विद्यालय अनि बालबालिकाको चौतर्फि विकासका लागि नियमित रुपमा खेलकुद, संगित, लगायतका अतिरिक्त कि्रयाकलापको सञ्चालनले यो विद्यालयलाई अरुभन्दा पृथक बनाएको छ । विद्यालयले टढा टाढाबाट आउने विद्यार्थिहरुका लागि यातयात सेवा समेत सञ्चालन गर्ने गरेको छ । गुणस्तरिय शिक्षाका लागि अनुभवि शिक्षक शिकि्षका, प्रयोगशाला, मलि्टमिडिया र अतिरिक्त कि्रयाकलापको व्यवस्था र बालाबालिकाको सुरक्षमा विद्यालयले दिएको उच्च प्राथमिकताले अविभावकहरु खुसि छन् । यसले बालबालिकाको चौतर्फि विकासका सहयोग पुगेको उनीहरुको भनाई छ ।

विद्यालयका प्रधानध्यापक जोशीका अनुसार फलोरिडा इन्टरनेशनल बोर्डिङ सेकेण्डरी स्र्माट क्लासका रुपमा मलि्टमिडियाबाट शिक्षण सिकाइ गर्ने गरिएको छ । यसले बालबालिकाको सिकाइको स्तरमा निकै सहयोग पुगेको उहाँ बताउनुहुन्छ ।
कमजोर बालबालिका लागि विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेको र जेहन्दार विद्यार्थीहरुलाई निशुल्क छात्रबृतिको दिने गरिएको प्रवन्ध निर्देशक टमटाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस