मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ ’

काठमाडौं । नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवतजावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्रीनिवास बालुवाटार पुगिरहन्थिन् ।
त्यहीबीचमा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटकपटक बिरामी पर्न थाले ।

प्रधानमन्त्रीलाई बीचबीचमा रगत चढाउनुपर्ने अवस्था पनि आयो । प्रधानमन्त्रीको रगत ‘ओ नेगेटिभ’ अर्थात् दुर्लभ समूहको छ । संयोगले समीक्षाको पनि ‘ओ नेगेटिभ’ नै हो । त्यसैले उनले मामालाई रक्तदान पनि गरिन् । तर, ओलीको मिर्गौलाको कार्यक्षमतामा निरन्तर ह्रास आयो ।

मिर्गौला दान गर्ने निर्णय गर्दा समीक्षाले प्रधानमन्त्रीनिवास बालुवाटारमा भनेकी थिइन्, ‘केपी ओली मेरो मामा मात्र होइन, यो देशको प्रधानमन्त्री हो र देशलाई समृद्ध बनाउने सपना लिएर हिँडेको नेता हो । त्यसैले मैले मामाको मुख हेरेर होइन, देशको भविष्य हेरेर मिर्गौला दान गर्ने निर्णय गरेकी हुँ ।’ समीक्षाका पति नेपाली सेनामा कार्यरत छन् । उनीहरूका एक छोरा र एक छोरी छन् ।आजको नयाँ पत्रीका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस