सुत्नेबेला सुपादेउराली मन्दिरको दर्शन गरि भोलीको राशिफल पढ्नुहोस्

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

राजनिति तथा समावसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । व्यापार व्यावसायमा मन्दि आउनेछ भने घर जग्गा तथा सवारि साधनको व्यावसायबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । माया प्रेममा एक अर्काको भावना नबुझ्दा टाडिनु पर्ने बाध्यता आउनेछ । बिद्यार्थीहरुले पढाई लेखाईमा ध्यान नदिदा अरुभन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

दाजुभाई तथा छिमेकि सँग घरायसि कुरामा सामान्य बिवाद बढ्नेछ । व्यापार व्यावसायमा लागनि गर्नको लागि केहि समय पर्खनु उचित हुनेछ । आट गर्न नसक्दा हातमा आईसकेको काम अरुकै पोल्टोमा जान सक्छ ध्यान दिनुहोला । समाजमा ईज्जतिलो तथा जनताको काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउने मानिसहरु सक्रिय भएर लाग्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

अध्ययन तथा अनुशन्धनको क्षेत्रमा दिईएको समयबाट राम्रो तथा परिणाममुखि नतिजा हात लाग्ने हुँदा मन प्रशन्न रहनेछ । सानो प्रयत्नले महत्वपुर्ण कामहरु बन्नेछन् भने बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जाने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । पारिवारिक माहोलामा जमघट भई मिठो मसिनो खाने अवसर जुर्ने हुँनाले मन पशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । पढाई लेखाईमा सन्तोषजनक सुधार भएर जानेछ भने प्रतिश्पर्धामा अलि बढि मेहनेत गर्दा प्रतिश्पर्धिहरुलाई हराउँन सकिनेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति प्रयोग हुनेछ ध्यान दिनुहोला । आफन्त तथा घर परिवारका मानिस सँग बिवाद बढ्नेछ भने बिश्वास गरेकाहरु बाटनै धोका हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भुमिका महत्वपुर्ण हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

राजनिति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु थातिनै रहनेछन् । राज्यको बिभिन्न पदमा बस्नेहरुले समयमा काम नगर्दिनाले कामहरु थाति रहनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँने हुँनाले बिद्या तथा प्र्रतिश्पर्धामा अरु भन्दा पछि परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने तथा घर परिवार तथा पति पत्निबिच घरायसि कुरामा विवाद सिर्जना हुँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति बलियो हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट तपाईले शुरु गरेको कामलाई सहयोग हुँनेछ भने पैत्रिक धन सम्पतिको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ । पुराना साथिभाई सँग भेटघाट गरि रमाईलो ठाउँमा स्वादिष्ट परिकारका साथ रम्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस