काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको बताएका छन्।
तर त्यसका लागि जनमत सङ्ग्रहमा जानुपर्ने र त्यसको सुनिश्चितता तेस्रो पक्षहरूबाट हुनुपर्ने उनले बताएका छन् । जेलेन्स्कीको भनाइ स्वतन्त्र रुसी पत्रकारहरूसँगको अन्तर्वार्ताका क्रममा आएको हो।
FILE – In this Thursday, Feb. 11, 2021 file photo, Ukrainian President Volodymyr Zelenskyy talks with servicemen as he visits the war-hit Donetsk region, eastern Ukraine. Ukraine’s leader is traveling to the United States in hopes of bolstering security ties with Washington and persuading the Biden administration to ramp up sanctions against a new Russian gas pipeline that bypasses his country. (Ukrainian Presidential Press Office via AP, File)
युक्रेनले रुससँगको शान्तिवार्ताको अर्को चरणमा आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डता कायम गर्ने कुरामा जोड दिने जेलेन्स्कीले बताएका छन् । युक्रेनको सैन्य गुप्तचरी निकायका प्रमुखले रुसले ’युक्रेनमा उत्तर र दक्षिण कोरिया सिर्जना गर्न खोजेको’ बताएका छन्। -बिबिसीबाट