सुमोना चक्रवर्तीले छोडेकी हुन कपिल शर्मा शो ? यस्तो छ वास्तविकता …

काठमान्डौ,कपिल शर्मा शो विगत केही दिनदेखि चर्चामा छ । यसअघि शो अफ एयर हुने खबर आएपछि बिहीबार सुमोना चक्रवर्तीले द कपिल शर्मा शो छोडेको खबर बाहिर आएको थियो।

अब अन्ततः अभिनेत्री स्वयमले यस विषयमा मौनता तोडेकी छिन् । सुमोनाले अन्ततः आफ्नो नयाँ शो ‘शोनार बंगाल’का लागि शो छोडेको खबरमा प्रतिक्रिया दिएकी छिन् ।कपिलको शो एक अन्तर्वार्तामा आफूले ‘द कपिल शर्मा शो’ नछोड्ने र भविष्यमा पनि छोड्ने योजना नरहेको बताएकी छन् ।शोनार बंगला शो केवल एक महिना प्रतिबद्धता हो।

कार्यक्रमले मेरो यात्राको जोश र गर्व बंगाली बन्ने मेरो चाहना पूरा गर्छ।त्यही भएर म यसको हिस्सा बनिरहेको छु ।सुमोना सुरुदेखि नै कपिलको शोको हिस्सा थिइन् ।उनले कपिल शर्माकी छिमेकी सरला गुलाटीको भूमिका निभाएकी छिन् र उनीसँग कतै प्रेममा छिन्।

अर्कोतर्फ, सुमोना आफ्नो नयाँ शो मार्फत बंगालको सुन्दरताको खोजी गर्न लागेकी छिन् ।कार्यक्रम ३० मार्चबाट राति ८ बजे जी जेस्टमा प्रशारण हुनेछ ।शोको प्रोमो पनि सुमोनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस