पाथीभरा माता देख्ने बितिकै भेटी सोरुप एक-एक शेयर गर्दै आजको राशिफल पढ्नुहोस् । तपाईहरूको दिन शुभ रहोस्। जय माता

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)चौथो घरमा चन्द्रमा भए दिन लाभदायक रहनेछ । नयाँ कामधन्दा वा व्यवसाय सुरु गर्ने अनुकूलता मिल्नेछ । व्यापार व्यवसायबाट मिहिनेत गरेबमोजिम लाभ लिनसकिने छ । सानातिना पारिवारिक समस्यामा रुमल्लिनु पर्ने छ । शरीरमा थकानको अनुभूति हुनसक्छ तथापि घरपरिवार, पारिवारिक सुख, मान्यजनको सेवासुश्रुषामा समय बितेको पत्तो पाउनुहुन्न ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)सामाजिक काममा दौडधूप हुनसक्छ र धार्मिक÷सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा सकारात्मक सङ्केत देखिने छ । चाहनाबमोजिम कार्य सम्पन्न गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज नराम्रो दिन छैन, विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । आर्थिक पक्ष सबल छैन, यद्यपि केही लाभमूलक काम बन्नेछन् । पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । नातागोता भित्रका सदस्यहरूको काम र समस्यामा रुमल्लिनु पर्नेछ । खानपानमा नियन्त्रण गर्नु राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)सुरुमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । स्फूर्ति र उमङ्गको कमी हुनेछ तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । प्रारम्भमा मनमा दोधार भए पनि अन्त्यमा जोस र जाँगर बढ्ने दिन छ, महत्त्वाकाङ्क्षा त्यागी अघि बढेमा लाभ मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ठूला आशा र महत्त्वाकाङ्क्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)जोखिम हुने काममा हात नहाल्नु राम्रो हुन्छ । सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । तपाईंले गर्नु भएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्छ । बन्धुबान्धव र दाजुभाइले कामधन्दामा सहयोग गर्न सक्दैनन् । मातापिताको आशीर्वाद प्राप्त गरेमा हाँके÷ताकेका जुनसुकै काममा सफलता पाउन सकिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)परिश्रम गरेमा भाग्यले साथ दिने समय छ । आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मद्दतले सोचेजस्तै लाभ लिन सकिने छ । जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । नजानेको वा नचाहेको कार्यक्षेत्रमा खट्नु पर्ने समय छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ ।

पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन दिनु हुँदैन, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । नचिताएको क्षेत्रमा अचानक धन नाशको सङ्केत छ । तर अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम पुनः बन्न थाल्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । स्वास्थ्यक्षेत्रमा समेत राम्रो छैन । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)उल्झन सुल्झाउने महत्वपूर्र्ण दिन हो । तर्कवितर्क, वादविवाद, छलफल र पढाइलेखाइका क्षेत्रमा सक्रिय भइने छ । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । दिन छिप्पिंदै जाँदा समय भाग्यशाली हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् ।

यो पनि पढ्नु होस :-काठमाडौँ, भुलेर पनि अनुहारमा नलगाउनुस् यी चिज, जसले बनाउँनेछ अनुहारलाई कुरुप:-सुन्दर बन्ने चाहना हरेकको व्यक्तिको हुन्छ । जसले पनि अनुहारलाई सुन्दर बनाउन सके सम्म हर कुराको प्रयोग गर्ने गर्छन् । मानव शरिरको सबैभन्दा संवेदनशिन क्षेत्र भनेको नै अनुहार हो यहि अनुहार नै कुरुप भयो भने विभिन्न समस्याहरु आउन सक्छन् । चाया पोतो डन्डीफोर जस्ता समस्याले सुन्दर अनुहारलाई कुरुप बनाएर सुन्दरता नै लुटिदिन्छ त्यसैले अरुको लहैलहैमा लागेर अनुहारमा जे पायो त्यहि प्रयो गर्नु हुँदैन् । आज हामी तपाईहरुलाई अनुहार सुन्दर बनाउनको लागि भनेर प्रयोग गर्न नहुने ५ चीजको बारेमा जानकारी दिन गइरहेका छौँ । जसको प्रयोगले अनहारलाई कुरुप बनाउनेछ ।

१.भनेगर : भेनेगरमा केही मात्रामा एसिड प्रयोग गरिएको हुनाले प्रत्यक्ष अनुहारमा भेनेगरको प्रयोग गर्नु हुँदैन् । जसले अनुहारको छालामा असर पार्ने भएकाले भेनेगरमा अन्य चिज मिसाएर मात्र प्रयोग गर्नु पर्ने छ । सकेसम्म यसको प्रयोग नगर्दा नै उचित हुनेछ ।

२.बियर : बियर पनि अनुहारमा लगाउनको लागि उचित छैन् । एसिड मिसेर निर्माण गरिने भएको कारण दैनिक रुपमा अनुहारमा बियर प्रयोग गर्दा डन्डिफोर आउने र अनहार भारी हुने सम्भावना बढी हुन्छ ।

३.खाने सोडा : धेरैको बुझाइ छ अनुहार सफ गर्नको लागि सोडा प्रयोग गर्नु पर्छ । तर यो बुझाइ एकदमै गलत हो । धेरै समय खाने सोडालाई अनुहारमा लगाउनाले अनुहारमा धब्बा र दागहरु आउने हुन्छ ।

४.पुदीना : पुदिनाले अनुहारलाई सफा गर्न त मद्दत गर्छ तर धेरै समय पुदिनाको प्रयोग गर्नाले विभिन्न समस्याहरु देखा पर्न सक्छ । कतिपयलाई पुदिनाको प्रयोगले डण्डीफोर आउने गर्छ ।

५.मन्जन : इन्टरनेटको दुनियाँले धेरै कुरा सिकाउन सजिले भएके छ । त्यसकै प्रभावले होला मन्जनको प्रयोग गरेर अनुहारलाई चम्किलो बनाएको इन्टरनेट तिर देखन सकिन्छ । जसको प्रयोगले अनुहारमा चमक त आउँछ तर अनुहार बिग्रन भने धेरै समय लाग्दैन् । जसले गर्दा चाया पोतो डन्डीफोर जस्ता समस्याहरु आउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस