जेठ २७ विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नै नेपालको सबै भन्दा ठुलो दल भएको दाबी गर्दै माओवादी एमालेको घुँडा मुनि मुनि सम्मको मात्र भएको जिकिर गरेका छन् ।
आज विराटनगरमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई संवोधन गर्दै उनले माओवादीको हैसियत एमाले जत्रो भए मान्छे कुट्दै हिँड्ने थियो होला भन्दै एमाले जत्रो हैसियत कुनै पनि पार्टीको नभएको ठोकुवा गरे ।
उनले काँग्रेसले समेत एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने जिकिर गरे । उनले आगामी निर्वाचनमा एमालेले अझ बढी मत ल्याउने भन्दै अहिलेको पराजय अन्तरघातका कारण भएको पनि बताए ।