यी दुई खाना एकसाथ खाँदा ज्यानै जान सक्छ

स्वास्थ्य नै धन हो भन्ने कुरा हामी सबैले बुझेकै छौ । त्यसैले आजकाल हामी खाना प्रति निकै सचेत हुने गर्दछौ । हामीले खाने खानाका विषयमा सचेत हुनु जरूरी पनि छ । हामीले खाने कुनै(कुनै खाना साथमा खाँदा हामीलाई फाइदा भन्दा बेफाइदा बढी हुन्छ । हामीले खाने कुनै खानासँगै खाँदा त्यसले स्वास्थ्यमा प्रतिकुल असर गर्ने गर्छ । आज यहाँ यस्ता खानाका बारेमा जानकारी दिँदैछौ, जुन खानाहरू एकै साथमा खाँदा त्यसले फाइदा होइन बेफाइदा गर्छः

– कोल्डड्रिङ्क्स पिएपछी पानमसला खानु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । कोल्डड्रिङ्क्स र मरिच मिल्यो भने साइनाइड जस्तो खतरानाक रसायनको निर्माण हुन्छ जसले तपाईको स्वास्थ्यमा प्रतिकूल असर गर्छ ।

– आलु र चामल हाम्रो दैनिक खानामा पर्ने खाद्यपदार्थ हुन् । हामीले प्राय आलु र चामल सँगै खाने गर्छौ खानाका रूपमा । तर यसले स्वास्थ्यलाइ फाइदा भने गर्दैन । यसले कब्जियतको समस्या ल्याउन सक्छ ।

– प्याज र दुध पनि साथमा खानु फाइदाजनक हुँदैन । प्याजसँग दुध सेवन गर्नाले छालाको रोग जस्तै दाद, चिलाउने, एगसिमा, सोराईसिसले सताउने समस्या हुन्छ ।

– दही हामीले प्राय प्रयोग गरिरहने खाद्य पदार्थ हो । दही चिसो पदार्थ हो । यससँग तातो पदार्थ खानु पनि स्वास्थ्यलाई फाइदा गर्दैन । यस्तै, माछासँग दही खानु पनि हानिकारक हन सक्छ । यसले वायु, एलर्जी तथा छालाको समस्या ल्याउन सक्छ । यस्तै, महलाई पनि गर्मी चिजसँग प्रयोग गर्नु फाइदाजनक हुँदैन ।

– खानाका साथमा फलफुल खानुले पनि स्वास्थ्यलाई फाइदा गर्दैन । दुवै चीज कार्बोहाइड्रेट र प्रोटिन पच्ने क्रममा फरक हन्छ । एकसाथ खाना र फलफुल खाँदा पाचन प्रक्रिया सहज रूपमा सञ्चालन हुन सक्दैन । जसले गर्दा कब्जियत, झाडापखाला र अपचको समस्या आउने गर्छ ।

– दुधसँग कागतीको प्रयोग गर्नु पनि फाइदायुक्त हुँदैन । दुध र कागती एकसाथ प्रयोग गर्दा एसिडिटीको समस्या आउने गर्छ ।

– दुधको साथमा दही खानु पनि उपयुक्त हुँदैन । दुध र दही साथमा खाँदा यसले पेटका अनेकन समस्या निम्त्याउँछ ।

– कुखुराको मासुको साथमा मिठाई, रसवरी, लालमोहन खानु पनि स्वास्थ्यलाई हानिकारक मानिन्छ । यसले पेटसम्बन्धी समस्या ल्याउने गर्छ ।

– दही र पराठा साथमा खानु पनि फाइदाजनक हुँदैन । पराठासँग दही खाँदा दहीमा हुने फ्याटले पाचन प्रक्रियामा रूकावट ल्याउँछ र शरिरले पाउनुपर्ने शक्ति शरिरले पाउन सक्दैन

प्रतिक्रिया दिनुहोस