भक्तपुर । सत्तारुढ शीर्ष दल नेपाली कांग्रेसलाई सत्ताले समेत पहिरो जान रोक्न सकेन ।भक्तपुर कांग्रेसमा पहिरो जाने क्रम झनै तिव्र बनेको हो । त्यहाँ नेकपा एमालेमा प्रवेश गर्नेको लहर नै चलेको छ ।
सूर्यविनायक वडा नं. ६ का नेपाली कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमालेमा प्रवेश गरेपछि कांग्रेसलगायतका विभिन्न पार्टीमा झट्का लागेको छ ।आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भक्तपुरद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेस सूर्यबिनायक ६ का वडासभापति राजेन्द्र त्वाती, सचिव अनिल बके र सहसचिव राजेश सिलाकार आफ्नो सिंगो कमिटीसहित नेकपा एमालेमा प्रवेश गर्नुभयो ।
नवप्रवेसीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले स्वागत गर्नुभयो ।सबै सत्तारुढ दलका प्रभावशाली नेताहरु पार्टी परित्याग गरेर एमालेमा प्रवेश
जसपाका केन्द्रीय नेताहरू एमालेमा प्रवेश स्वतन्त्रबाट वडाध्यक्ष जितेका शर्मा एमालेमा प्रवेश
लिम्चुङ्गबुङ्ग गाउँपालिकामा माओवादीमा पहिरो : निर्वाचित वडा अध्यक्ष एमालेमा प्रवेश -नेकपा एस स्याङ्जाका सचिव र अनेरास्ववियुका केन्द्रीय उपमहासचिव सहित दर्जनौं एमालेमा प्रवेश-उक्त पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका पार्टी केन्द्रिय सदस्य भक्तपुर जिल्ला ईन्चार्ज सोम प्रसाद मिश्र, भक्तपुर जल्ला अध्यक्ष बचन देउजा, सू.न.पा मेयर तथा भक्तपुर जिल्ला उपाध्यक्ष बाशुदेव थापा, भक्तपुर जिल्ला सचिव मोहनबिर श्रेष्ठ, भक्तपुर जल्ला सहसचिव मिलन श्रेष्ठ, सूर्यविनाक नगर अध्यक्ष रविन्द्र सपाकोटा, चागुनारायण नगर अध्यक्ष राम प्रसाद तिमिल्सिना लगायतको उपस्थित रहेको थियो ।