नेपालका परराष्ट्रमन्त्री नारायण खड्काले आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग बुधबार चीनको छिङदाओमा भएको भेटवार्तामा ‘एक चीन नीति’प्रति काठमाडौंको अटल प्रतिबद्धता दोहोर्याएको नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटमा वाङले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन दोहोर्याए र काठमाडौं सरकारको प्राथमिकता अनुसार देशको विकास प्रयासमा सहयोग गर्ने आश्वासन दिए। वाङले सन् २०२२ का लागि नेपाललाई ८० करोड आरएमबी उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘दुई परराष्ट्रमन्त्रीले विभिन्न क्षेत्रीय र बहुपक्षीय मञ्चमा पारस्परिक हितका विषयमा सहयोग जारी राख्ने विषयमा पनि विचार आदानप्रदान गरेका छन् । नेपाली काँग्रेसका प्रधानमन्त्री शेर बहादुर देउबाको नेतृत्वमा रहेको नेपाली मन्त्रीमण्डलमा यदाकदा भारतपरस्त र चीनपरस्त आरोपहरु नलागेको चाँही हैन । यसपटक नेपाली परराष्ट्र मन्त्रीको चीन भ्रमण र चीनको नेपाल प्रतिको सदासयताले ठुलै तरंग ल्याएको छ । के नेपाल आफ्नो दुबै छिमेकीसंग तठस्त छ ? के नेपालले अहिले जारी
श्रीलंकाको संकट र पाकिस्तानको सीपीइसी परियोजनाहरुको बिफल बाट केहि पाठ सिकेको छ त ?या नेपाल अब कम्यूनिष्ट नेतृत्व जस्तो चीन संग घुँडा नटेकी बार्गेन गर्ने सार्मथ्य राख्न थालेको छ ?नेपाल चीन समबन्धको यो नयाँ श्रृखलाले थुप्रै प्रश्न अनि तर्कहरु भने पक्का उब्जाएको छ । नेपाली नेतृत्वका मुलत दुई धारहरु परराष्ट्र मामिलामा एकअर्का भन्दा निकै फरक पाइन्छन् । प्रजातान्त्रिक धारको नेपाली काँग्रेसले चाँही यसपटक चीनसंग स्पष्टरुपमा आफ्नो तर्क, माग र मुद्धाहरु राखेर आएको छ ।
यसअघिका नेतृत्वहरु बिशेषतः नेपाली कम्युनिष्ट नेतृत्वहरुको लम्पसारवादले गर्दा चीनसंगको समबन्धमा खासै तर्क र बार्गेन गर्न सकेको अवस्था थिएन । चीनसंग तर्क गर्न पनि नसक्ने अनि आफ्नो मागहरु प्रस्तुत गर्न नसकि आत्सर्मपण गर्ने नेपाली कम्यूनिष्ठ नेतृत्वहरुले यस पटक शेर बहादुर देउबा नेतृत्वको सरकारको चीन भ्रमणबाट धेरै कुरा सिक्न जरुरी छ ।
भारत नेपाल समबन्धको हकमा पनि नेपाली नेतृत्वले आफ्नो मागहरु स्पष्टरुपमा राख्ने सार्मथ्य राख्नु पर्दछ । चीन र भारतको सन्तुलन नै नेपाली बिदेशनितिको एउटा कोशेढुगां साबित हुनसक्नेछ ।