तालिबानले सार्वजनिक रूपमा एक केटा र केटीलाई कोर्रा लगाए

मध्य अफगानिस्तानको बामियान प्रान्तको तालिबान अदालतले एकअर्कासँग प्रेममा रहेको कथित एक केटा र केटीलाई विवाहपूर्व सम्बन्धको दोषी ठहर गरेको छ र सार्वजनिक रूपमा कोर्रा हान्ने सजाय सुनाएको छ।

बामियान प्रान्तको तालिबान स्थानीय अदालतले बिहीबार नोभेम्बर 17 मा एक जवान केटा र केटीलाई विवाहपूर्व सम्बन्धको आधारमा 39 कोर्राको सजाय सुनाएको हो , स्रोतहरूले बताएका छन् ।

सञ्चारमाध्यमका अनुसार अरेजु र मोहम्मद एसा घुम्नका लागि बामियान प्रान्त गएका थिए जहाँ उनीहरुलाई तालिबानले समातेको हो ।

तालिबानले सार्वजनिक रूपमा गरेको सजायमा करिब एक हजार मानिसलाई साक्षी राखिएको थियो ।

तालिबानका सर्वोच्च नेता मुल्ला हिबतुल्लाह अखुन्दजादाले न्यायाधीशहरूसँगको बैठकमा उनीहरूलाई हद र किसास सजायहरू लागू गर्न नहिचकिचाउन भनेका थिए।

तालिबान अधिकारीले यो धार्मिक दायित्व हो भन्दै वाजिब, हद र किसास दण्डहरू लागू गर्नुका साथै अमिर अल-मुमिनिन (विश्वासीहरूको कमाण्डर) को रूपमा उनको आदेशको पालना गर्नु पनि धार्मिक दायित्वको अंश रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस