कोरोना सन्त्रासबीच नयाँ आशाः ३ भ्याक्सिनले पाए परीक्षण अनुमति

एजेन्सी – चीनको वुहानबाट सुरू भएर विश्वमा महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरस विरूद्ध विभिन्न संघसंस्था औषधी बनाउने प्रयासमा जुटेका छन् । यसैबीच चीन सरकारले भने ३ वटा भ्याक्सिन परीक्षणका लागि अनुमति दिएको छ ।

चीनको समाचार संस्था सिन्ह्वानेटमा प्रकाशित समाचार अनुसार ३ वटा सम्भावित भ्याक्सिनलाई चीन सरकारले क्लिनिकल परीक्षणका लागि अनुमति दिएको हो ।

२ वटा भ्याक्सिन वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले विकास गरेको हो भने अर्को चाइना नेशनल फर्मास्युटिकल ग्रुप र सिनोवाक रिसर्च एण्ड डेभलपमेन्टले संयुक्त रूपमा विकास गरेका हुन् ।

“चीन सरकारले कोभिड–१९ का ३ सम्भावित भ्याक्सिनलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको विज्ञान र प्रविधि मन्त्रालयका एक अधिकारीले मंगलबार जानकारी दिएका छन् ” सिन्ह्वाले प्रकाशित गरेको छ ।

♦पूर्व अधिराजकुमार धिरेन्द्रकि छोरीको यस्तो हर्कत,सामाजिक संजालमा यस्तो हर्कत(भिडियो हेर्नुहोस)

प्रतिक्रिया दिनुहोस