प्रहरीको लाठी चार्जबाट नवराज विककी आमा उर्मिला घा*इते

जाजरकोट । जाजरकोटमा पोष्टमार्टम रिर्पोट बाहिरिएपछि भएको आन्दोलनमा प्रहरीले लाठी चार्ज गर्दा नवराज विककी आमा उर्मिला घाइते भएकी छन । सोमबार दिउँसो जिल्ला अस्पतालले मृत्तक नवराज विकसहित ६ जनाकै पोष्टमार्टम रिर्पोट सार्वजनिक गरेको थियो ।

पोष्टमार्टममा उनीहरुको नदीमा हाम फाल्दा ज्यान गएको भनेपछि पीडितहरु आक्रोशित बनेका थिए । एकाएक पीडितहरुको आक्रोश आन्दोलनमा परिवर्तन हुँदा जिल्ला प्रहरी कार्यालय घेराउ भएको थियो ।

प्रहरी कार्यालयमा नाराबाजी र प्रदर्शन बढेपछि प्रहरीले शुरुमा लाठीचार्ज गरेको थियो । लाठी चार्जका क्रममा नवराजकी आमा उर्मिला बिकको हातमा चोट लागेको छ । नवराजकी आमासहित अरु पनि घाइते भएका छन ।

प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गरेको थियो भने केही सेल अश्रुग्यास समेत हानेको थियो । गएको जेठ १० गते रुकुम पश्चिम सोतीमा प्रेमिका शुष्मा मल्ललाई लिन गएका नवराजसहित ६ जना युवाको हत्या भएको थियो ।

प्रहरीले हत्या गर्ने ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा आजीवन जन्मकैदको माग गर्दै मुद्दा चलाएको छ । ५ जना भने अझै फरार छन ।

प्रतिक्रिया दिनुहोस