आशाका किरण लिएर आयो असार महिना ,कुन राशिलाई कस्तो फल मिल्छ ?

सूर्यले आषाढ १ गते बाट राशि परिवर्तन गर्दै आषाढ महिना भरि नै तेस्रो राशि अर्थात मिथुन राशिमा गाेचर गर्ने छन् । सूर्य मिथुन राशिमा जाने संक्रान्तिका दिन अन्य ग्रहहरुकाे अवस्था लाई बिचार गर्दा राहु र बुध ग्रह सूर्य संग मिथुन राशिमा रहनेछन तेस्तै धनु राशिमा केतु मकर राशिमा बृहस्पति तथा शनि ग्रह रहनेछन् ।कुम्भ राशिमा मंगल ग्रह मीन राशिमा चन्द्रमा र बृष राशिमा शुक्र ग्रहकाे उपस्थिति रहने छ ।

महिना भरि नै सूर्यले मृगशिर, आर्दा तथा पुनर्वसु नक्षत्रमा क्रमश भ्रमण हुने छ । १२ गते मंगल ग्रहले कुम्भ राशि बाट मीन राशिमा परिवर्तन हुने छन भने अन्य ग्रह हरुकाे राशिमा कुनै परिवर्तन हुने छैन । आषाढ महिना भरि नैसर्गिक रुपमा सधैंभरि वक्री रहने राहु तथा केतु ग्रह बाहेक पनि अन्य चारवटा ग्रह हरु वक्री अवस्थामा रहने छन । नै आाेटा ग्रहमा करिब ६ आेटा ग्रह वक्री अवस्थामा रहनेछन् ।

राहु तथा केतु ग्रह सहित बुध,बृहस्पति,शुक्र तथा शनिग्रह वक्री अवस्थामा रहनेछन् अन्य समयमा ग्रहहरुकाे चालमा परिवर्तन भै नै रहनेछन् । महिनाकाे पहिलाे साता खण्डग्रस सूर्य ग्रहण पनि लाग्दै छ । यस्ताे अवस्थामा कस्ताे रहला महिना यसकाे प्रभाव १२ राशिमा कस्ताे पर्ला कस्ता सावधानी अपनायाे भने शुभ फल प्राप्तिको सम्भावना रहन्छ । यसकाे बारेमा जानकारी गराउदछु ।

विशेषगरी साेमबारकाे संक्रान्ति तथा आइतबार परेकाे अाैशी तिथि र सङ्क्रन्तीका समयमा मिथुन लग्नकाे उदय भएकाे हुदा र मिथुन राशिमा नै लाग्न लागेकाे सूर्य ग्रहणकाे कारणले गर्दा पनि याे महिना मध्यम फलदायी महिनाका रुपमा लिन सकिन्छ ।साेमबार र मंगलबार दुबै पाँच-पाँच आेटा रहेकाले पनि यसकाे प्रभाव विशेषगरी खाद्यान्नमा मुल्य वृद्धि तथा न्यायकाे लागि जनता एकजुट हुने देखिएकाे छ ।

बैंक तथा शेयर बजारमा सामान्य सुधार हुने छ। कृषिजन्य क्षेत्रमा शुभ फल प्राप्तिको संकेत देखिएकाे छ । मंगलकाे राशि परिवर्तनले विशेषगरी सिमा तथा राहतका विषयलाई लिएर जनता हरुकाे असन्तुष्टि कायमै रहने देखिएकाे छ ।देशकाे पुर्वी तथा उत्तरी भेगमा विशेष सावधानी अपनाउनुपर्ने देखिएकाे छ ।आगलागी तथा हवाई दुर्घटना हुने सम्भावना रहेकाले विशेष सावधानी अपनाउनु पर्ने छ ।राजनीतिक क्षेत्रमा अचानक फेर फेरबदलकाे संकेत देखिएकाे छ भने शैक्षिक क्षेत्र बिस्तारै खुल्ने क्रममा रहने छन । राहुका कारणले गर्दा अधिक मात्रामा आधुनिकीकरणकाे प्रयाेग वढ्ने देखिएकाे छ भने भुकम्पकाे सम्भावना पनि देखिन्छ ।

वर्षामा एकरुपता नहुने हुदा कतै अधिक वर्षा हुने छ भने कतै कम वर्षाकाे सम्भावना रहेकाे छ ।समग्रमा याे महिना सन्ताेष जनक नै रहने देखिएकाे छ । विशेषगरी ७ गतेकाे सूर्य ग्रहण तथा १२ गते मंगल ग्रहकाे राशि परिवर्तन पछि विश्व बाटै काराेना कमजाेर हुँदै जाने छ । परिक्षणका क्रकमा रहेका विभिन्न आैषधि कम्पनीको सकारात्मक परिणाम प्राप्त हुने देखिएकाे छ ।

यसले १२ राशिमा पनि फरक फरक प्रभाव परार्ने छ । विशेषगरी मेष सिंह,कन्या तथा मकर राशि हुनेहरुका लागि शुभ फल मिल्ने देखिएकाे छ । बृष,मिथुन,बृश्चिक तथा मीन राशि हुने हरुले विशेष सावधानी अपनाउनु पर्ने देखिएकाे छ । कर्कट,तुला,धनु तथा कुम्भ राशिका मानिस हरुले भने कडा मेहनत पछि मात्रै सकारात्मक फल प्राप्त हुने याेग रहेकाे छ । अशुभ हुने हरुका लागि भने ग्रह शान्ति तथा ग्रह दाेष कटाएर कार्य गर्दा शुभ फलमा वृद्धि हुने छ ।

लेखक रिजाल द् हुनज्याेतिष तथा वास्तुविद् हुन

सम्पर्क ९८५१०६११२४

EMAIL : rijal.suresh123[at]gmail.com

प्रतिक्रिया दिनुहोस