धरानको बुढासुब्बा मन्दिरको दर्शन गर्दै २०७७ साल असार २ गते मंगलबारको राशिफल हेर्नुहोस्

२०७७ साल असार कृष्णपक्ष असार २ गते मंगलवार दशमी तिथी अश्विनी नक्षत्र चन्द्रमा मेष राशिमा

मेष राशि : मान सम्मानमा वृद्धि हुनुको साथै कतै ठूलो पदमा आसिन हुन पाउन सकिनेछ । जागिरमा प्रशंसा प्राप्त हुनुका साथै व्यापारमा घाटा लागेको कम भएर जानेछ तथा धन वृद्धिको समय छ ।

वृष राशि : आर्थिक हानिको साथै झुटा आरोप हरु लाग्न सक्नेछ नगरेको गल्तीमा फस्न सकिन्छ । पुलिस केस छ भने धेरै समस्यामा पर्न सकिन्छ सतर्क रहनुहोला ।

मिथुन राशि : रोकिएको काम बनेर जानेछ भने आर्थिक लाभको समय छ । दाजुभाइ सँगको सम्वन्धमा सुमधुरता छाउनुका साथै मिलेर गरेको काममा सफलता हात पर्ला । व्यपारमा लाभ मिल्न सक्ला ।

कर्कट राशि : काममा पदोन्नतिको सम्भावना छ ।नयाँ कामपाउन सक्ने समय पनि देखिन्छ भने लामो यात्राको सम्भावना पनि छ । साहित्य क्षेत्रमा मन रमाउन सक्ने देखिन्छ ।

सिंह राशि : पिताजी सँगको सम्बन्धमा सुमधुरता छाउन सक्नेछ । भाग्यमा केही राम्रो उपलब्धि हुन सक्छ रोकिएको काम बनेर जानेछ तथा पैतृक सम्पत्ति हात पर्न सक्नेछ भने सुख पनि पाउनु हुनेछ ।

कन्या राशि : चोटपटको सम्भावना छ यात्रा गर्दा सतर्क रहनुहोला ।स्वास्थ्यमा पनि सामान्य समस्या देखा पर्न सक्नेछ । व्यवसायमा भने मध्यम समय देखिनुका साथै विग्रेको सम्वन्धमा मधुरता छाउने छ ।

तुला राशि : काममा आएको बाधा हटेर जानेछ । नयाँ कामहरु बन्नेछन् । अल्छीपन भने बढेर जानेछ । घर परिवार सँग मनमुटाव हुने हुँदा असन्तोष पैदा हुने देखिएको छ ।

वृश्चिक राशि : बाधा व्यवधानको समय छ । स्वस्थ्यमा, काममा, अध्यन क्षेत्रमा संयमता अपनाउनु उचित हुनेछ । व्यवसायमा भने सोचे अनुसारको आर्थिक गतिविधि नहुने देखिएको छ ।

धनु राशि : सन्तान सुखको समय छ । कृषि क्षेत्रमा लाग्नु हुने व्यक्तिहरुको लागि राम्रो समय छ । आर्थिक लाभको समय देखिन्छ भने जागिरमा प्रशंसा प्राप्त गर्न सक्नुहुनेछ ।

मकर राशि : मन असन्तोष रहने छ घर परिवारको कारण दाम्पत्य जीवनमा मत मतान्तर हुन सक्छ संयमता अपनाउनु होला । खान पिनमा विचार नगर्दा स्वास्थ्यमा समस्या देखिनेछ ।

कुम्भ राशि : यो राशि हुनेहरुको लागि राम्रो दिन छ । घर परिवारबाट सहयोग प्राप्त हुनेछ । काममा आएको बाधा हटेर जानुका साथै नयाँ काम हातपर्न सक्नेछ । आफन्त सँगको भेटले मन रामाउने छ ।

मीन राशि : वाणीमा मधुरता बढ्नेछ कुटुम्वको सहयोगको कारण महत्वपूर्ण काम बन्ने देखिन्छ । गरेको काममा प्रशंसा प्राप्तगर्नु हुनेछ । मुद्दा मामिला वा प्रहरी केस लागेका व्यक्तिलाई भने केही झन्झट व्यहोर्नु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस