बैशाख १२ चितवन । यस अघि आलोचनाका बीच पटक पटक गृहमन्त्री हुन लविङ गरेको,
सरकारलाई समर्थन कायम राखेको भन्ने आलोचना खेपेका रास्वपा सभापति रवि लामिछानेले अब भने सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका छन् ।
आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले अब सरकारलाई समर्थन दिईरहनु पर्ने कारण नरहेको उल्लेख गरे ।
यस अघि राहादनी सम्बन्धि मुद्धा नचलाउने शर्तमा लामिछानेले वर्तमान सरकारलाई समर्थन दिएका थिए ।
अब निर्वाचन जित्ने पक्का भएसँगै उनले समर्थन फिर्ता लिने जनाउ दिएका हुन् ।
उनले अब सरकारमा जाने संभावना नरहेको पनि बताए । चितवनमा उनी भारी मतले निर्वाचित हुने सुनिश्चित भएको छ ।