छिमेकी मुलुक भारतले नेपालले जारी गरेको नयाँ नक्सा अस्विकार गरिरहेको बेला अमेरिकी दूतावासबाट सो नक्सा प्रयोगमा आएको हो ।

अमेरिकी राजदूतावासले नेपालको नयाँ भूभाग समेटिएको नक्सा प्रयोगमा ल्याएको छ।

भारतले नेपालले जारी गरेको नयाँ नक्सा अस्विकार गरिरहेको बेला अमेरिकी दूतावासबाट सो नक्सा प्रयोगमा आएको हो ।

अमेरिकी राजदूतावासको आधिकारिक फेसबुक पेजमा नयाँ नक्सा प्रयोग गरिएको हो।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा भर्खरैमात्र प्रतिनिधिसभाले पारित गरेको छ।

अमेरिकी दूतावास नेपालको नयाँ नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास हो ।

सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राजदूतावसको ४३ लाख भन्दा बढी फ्यानहरु रहेका छन् ।

अमेरिकी राजदूतावासको यो कदमलाई मानिसहरुले २ प्रकारले हेरिरहेका छन् ।

केही व्यक्तिहरु उसको यो कदमलाई खुशीका साथ स्विकार गरेर धन्यवाद व्यक्त गरिरहेका छन् भने केही व्यक्तिहरुले अमेरिकाले आम नेपालीको मन जित्न खोजेको आरोप लगाइरहेका छन् ।

एमसीसीको विषयलाई लिएर आम जनमानसमा अमेरिकाप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन भैरहेको समयमा उसले नागरिकहरुको मन जित्नको लागि यसो गरेको आरोप लगाउने व्यक्तिहरुको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस