काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ चर्चासँगै विवादमा तानिरहने पात्रमा पर्छन् । आफ्नै स्वभावका बालेन मेयर निर्वाचित भएपछिको १ वर्षको समयमा के गरे के गरेनन भन्ने तथ्य सार्वजनिक नै छ ।
प्रश्नको सामना गर्नै नमान्ने आरोपदेखि संरचना भत्काउने मामलामा समेत ठक्कर खाएका बालेनले काठमाडौंवासीलाई के दिए त ?
बालेन नगरप्रमुख भएको पनि एक वर्ष बित्न लाग्यो । यो अवधिमा उनले चर्चा र आलोचना दुवै खेपेका छन् । अनधिकृत संरचनामा डोजर चलाउँदा होस् या फुटपाथको व्यवस्थापनमा, उनको प्रसंशा र आलोचना दुवै भए । एक वर्षको अवधिमा के–के काम गरे त मेयर बालेनले ?