यसकारण नमस्कार संस्कार सर्वोकृष्ट छ, संस्कार सिक्न संस्कृतिको रक्षा गर्नु पर्छ – ज्योतिष

चाइनाको वुहान सहरबाट फैलिएको नोबेल कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको स्वरूप लिदै छ र यसबाट मृत्युुहुनेकाे संख्या दिन प्रतिदिन बढ्दै छ । हालसम्म यसकाे कुनै प्रकारकाे आैषधी पत्ता लाग्न सकेकाे छैन तर राेग फैलन नदिनका लागि हरेक उपायहरूकाे खाेजी भैरहेकाे छ ।

पूर्वीय दर्शनमा यस्था थुप्रै संस्कारको हरुकाे उल्लेख गरिएको छ । जसमध्ये नमस्कार गर्ने प्रचलन अहिले विश्वव्यापी रुपमा प्रचलनमा आईरहेकाे छ । हाम्रा ऋषीमह्षी हरुले सूर्यनमस्का गर्ने बिधिकाे आजभन्दा हजारौं वर्ष पहिले देखि प्रयाेगमा ल्याएका थिए । यस्ता बिधि शास्त्रमा हरेक ग्रन्थमा विस्तारित रुपमा ब्याख्या गरिएको छ ।

शास्त्रमा यस्ता महामारी राेग हरुकाे उल्लेख गरिएको छ । यसकाे निराकरण गर्ने पनि पूर्वीय शास्त्रमा उल्लेख गरिएको छ । जुन याेग, ध्यान, विभिन्न जडिबुटी, मन्त्र अादिकाे उल्लेख गरिएको छ । सामाजिक सन्जालहरुमा विभिन्न देशका बिशिस्ट व्यक्ति हरुले नमस्कार गरेका तस्बिरहरू सार्वजनिक आएसंगै पूर्वीय संस्कारको चर्चा चलिरहेको छ ।

हाल प्राण घातक मानिने काेरेाना भाइरस संग लड्न पूर्वीय पद्धतिको अवलम्बन गरिदै छ । राेगबाट बच्नका लागि हात मिलाउनु भन्दा नमस्कार गर्नु नै सुरक्षित मानिदै आइरहेकाे कुरा विश्वव्यापि हुँदै आइरहेको छ । प्राचीन आयूर्वेदी पद्धतिमा सूर्यनमस्का गर्नु पर्ने दैनिक गरिने सन्ध्याेपासना पद्धतिमा उल्लेख गरिएको छ ।

विस्तारै पूर्वीय संस्कारको अवलम्बन पश्चिमी मुलुकमा फैलिदै छ । वेदमा पनि भगवान् शिवकाे पाठ मानिने रुद्रीपाठमा बारम्बार नमाेनमहः भनेर नमस्कारकाे स्तितुती गरिएको छ । भागवत महापुराण हरुमा पनि बारम्बार नमस्कार गरिएका मन्त्र हरुकाे व्यापकता पाईन्छ । साधु सन्त हरुलाई पनि ॐ नमाे नारायणाय भनेर नमस्कार गर्ने कुरा हरुपनि शास्त्रमा उल्लेख गरिएको छ ।

यसरी हाम्रा धर्म ग्रन्थ हरुमा उल्लेख गरिएका हरेक कुराहरुकाे बिस्तारै विश्वव्यापी रुपमा लागुहुदै छ । तर हाम्राे समाज अहिले पश्चिमी सब्यताकाे उनुसरण गर्दै छ ।

हाम्राे समाज पश्चिमी सव्यताकाे अनुसरण गर्दै गर्दा विश्वव्यापी नमस्कार गर्ने प्रचलन बढ्दै जानुले हरेक प्रकारका राेगहरुकाे सुरक्षा गर्ने कवचका रुपमा नै पूर्वीय दर्शन नै विशेष प्रभावकारी रहने अहिले देखिदै आइरहेको छ ।

लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन ।

सम्पर्क ९८५१०६११२४

ईमेल rijal.suresh123[at]gmail.com

सम्पुर्ण अधिकार ज्योतिष सुरेशचन्द्र रिजालमा रहेको हुदाँ उहाँको अनुमतिबिना वा स्रोत नखुलाई कपी नगर्नुहुन अनुरोध गर्दछौं ।

प्रतिक्रिया दिनुहोस