सरे— जुन १८, २०२३ मा क्यानाडाली सिख नेता हरदीप सिंह निज्जरलाई ब्रिटिश कोलम्बियाको सरेमा गोली हानी हत्या गरिएको थियो। निज्जरले स्वतन्त्र सिख राज्य खालिस्तानको माग गर्दै आएका थिए । क्यानाडाली अधिकारीहरूले दुई देशबीचको ठूलो कूटनीतिक संकटको उत्पत्ति गर्ने यस हत्यामा भारतीय गुप्तचरको संलग्न भएको हुनसक्ने आरोप लगाएका थिए ।
निज्जरको हत्या कसले गर्यो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन, न त “बिटर विन्टर” ले यस विषयमा अझैसम्म कुनै स्पष्ट धारणा राखेको छ । यद्यपी, चीनले अन्तर्राष्ट्रिय सिख डायस्पोरालाई उत्तेजित गर्न र अस्ट्रेलियामा नक्कली भारत विरोधी प्रदर्शनहरू सिर्जना गर्न घटनाको दुरुपयोग गर्न खोजिरहेको छ।
फेसबुकको माउ कम्पनी मेटाले मेमा आफ्नो ूमेटाको त्रैमासिक प्रतिद्वन्द्वी थ्रेट रिपोर्टमा चीनले बनाएको नक्कली सोशल मिडिया अकाउण्टको बारेमा उल्लेख गरेको छ ।
यी अकाउण्ट चीनमा निर्माण गरिएको र अस्ट्रेलिया, क्यानडा, भारत, न्युजिल्याण्ड, पाकिस्तान, बेलायत र नाइजेरिया लगायत विश्वव्यापी सिख समुदायलाई लक्षित गरेको छ।ू
मेटाले ३७ फेसबुक अकाउण्ट, १३ फेसबुक पेज, पाँच फेसबुक गुप्रस्, र इन्स्टाग्राममा नौ अकाउण्टहरू हटाएको छ । मेटाले टेलिग्राम र एक्समा पनि यस्तै गतिविधि भएको उल्लेख गरेको छ ।
चिनियाँहरुले अपरेसन के नामक काल्पनिक कार्यकर्ता आन्दोलन सिर्जना गरेको देखिन्छ जसले न्यूजील्याण्ड र अष्ट्रेलिया लगायत सिख समर्थक विरोध प्रदर्शनको लागि आह्वान गरेको थियो ।
अपरेशन के पछाडि कसको हात थियो भन्ने प्रष्ट छ। सन्देशहरूको उत्पत्ति चिन भएको र जहाँ सञ्चालकहरूले सिखहरूका रूपमा प्रस्तुत गरेका थिए र सामग्री पोस्ट गर्नका साथै पेजहरु र ग्रपसहरू व्यवस्थापन गर्न अग्रसर भएका छन् ।