अगरतलाः भारतको दक्षिण त्रिपुरा जिल्लामा रहेको भारत र बंगलादेशलाई जोड्ने पुल जसलाई मैत्री सेतु नामले चिनिन्छ, सर्वसाधारणको लागि सेप्टेम्बरमा सुरु हुने एक भारतीय अधिकारीले बताएका छन् ।
उक्त पुल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका बंगलादेशका समकक्षी शेख हसिनाले ९ मार्च, २०२१ मा संयुक्त रुपमा उद्घाटन गरेका थिए । यो पुल भारतको त्रिपुरा राज्य र बंगलादेशको भारतीय सीमाको बीचमा बग्ने फेनी नदीमाथि बनेको छ। १ दशमलव ९ किलोमिटर लामो पुलले भारतको सबरुमलाई बंगलादेशको रामगढसँग जोड्छ।
त्रिपुराको समरुमबाट ८० किलोमिटर मात्र बांग्लादेशको चटगाउँ बन्दरगाह रहेकोले पुलबाट मालसामानको आवतजावत प्रान्तको लागि मात्र नभई सम्पूर्ण उत्तरपूर्वका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।
कोभिड महामारीका कारण बन्द गरिएको त्रिपुराको सेपाहिजाला जिल्लाको कमलासागर बोर्डर हाट छिट्टै खुल्ने बताइएको छ । हाल, दक्षिण त्रिपुरा जिल्लामा अवस्थित श्रीनगर सीमा हाट सञ्चालनमा छ।