पाकिस्तानको ओकारामा ‘बलात्कार पीडित’ र उनकी विधवा आमालाई आरोपितद्वारा कुटपिट

ओकारा— अदालतमा मुद्धाको सामना गर्दै बलात्कारका आरोपितहरुले पाकिस्तानको अहमदाबाद इलाकामा मुद्दा चलाउने क्रममा एक विधवा र उनकी बलात्कार पीडित छोरीलाई सार्वजनिक रूपमा कुटपिट गरेका छन्।

एफआइआरका अनुसार विधवा मञ्जुरन बिबी आफ्नी बलात्कार पीडित छोरी को साथमा अतिरिक्त सत्र न्यायाधीशको अदालतमा मुद्दाको सुनुवाइ सकेर घर फर्कदै गर्दा बशारत, अल्लाह रक्खा, मुजम्मल, इब्राहिम, अली रजा र मलिक शान लगायतका बलात्कारीका आरोपितहरूले रोकेका थिए। ।

संदिग्धहरूले सार्वजनिक रूपमा विधवा र उनकी छोरीलाई गम्भीर यातना दिएका छन् ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी अधिकृत (डीपीओ) तारिक अजिज सिन्धुले दोषीलाई खोजी गर्न सिटी बी डिभिजनका एसएचओलाई निर्देशन दिएका छन् ।

प्रहरी स्रोतका अनुसार मुजम्मल र अन्यले ती युवतीलाई लाई बलात्कार गरेको र मुद्दाको सामना गरिरहेका थिए।

बी डिभिजन पुलिस स्टेशनका एसएचओ मुहम्मद रियाजले दुई संदिग्धहरू बशारत र अली रजा लाई पक्राउ गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस