“कति जातीयता, जातीयता मात्रै भन्छौ ?”

अपराधको कुनै जात वा थर हुन्छ र ? अपराध त अपराध नै होइन र ? के नबराज बिकले जातकै आधारमा न्याय पाउदैनन् भन्दै कुर्लनेहरु के निर्मला पन्त बैनी कथित तल्लो जात भएर नै न्याय नपाएकि हुन त ?

पैसा र पावरले न्यायको किनबेच हुन सक्छ त्यसको बिरुद्द बोल्ने हिम्मत गर ।

राजनैतिक पाटीको भागबन्डाको अखडा बनेको अदालत र राजनैतिक कार्यकर्ता वा खास दलमा पुर्णतः झुकाब राख्ने न्यायका मुर्तीहरुबाट न्याय नमर्ला भन्न सकिन्न ।

बरु त्यस बिरुद्धको खबरदारीमा जुट ।

जघन्य अपराधीक घटनामा राजनैतिक ढाकछोप वा ब्यक्तिगत पहुँचका आधारमा झिसमिस गर्नेका विरुद्ध आवाज बुलन्द गर ।

हिजोको मेरो हजुरबुबाको पुस्ता वा मेरो बुबाको पुस्तालाई हेरेर वा मुल्यांकन गरेर होइन मेरो पुस्ता र आगामी पुस्तालाई हामीले के सिकाउदै छौ वा भनिरहेका छौ भन्ने कुरालाई पनि अलिकति हेक्का राख्ने हो कि ?

हो हिजो मठ , मन्दिरमा प्रवेश निषेध थियो । धारो ,चौतारीमा छोईछिटो थियो । चिया पसल र होटलमा अपमान थियो तर आज क्रमशः यी सबै कुराहरु सामान्य र समान बन्दै गईरहेकाछन ।

हो अझै केही ठाउँमा समस्या नभएका होइनन् जहाँ समस्या छ त्यही प्रहार गरौं । जहाँ असमनता छ त्यही केन्द्रित बनौ । कसैले आफ्नो घरभित्र प्रवेश दिएन भनेर तिललाई पहाड नबनाउ । म मेरै समान जात वा म भन्दा उच्च जातको मानिसलाई नि प्रवेश नदिन सक्छु । त्यो मेरो अधिकार र मौलिक हक पनि हो ।

गलत नियत र खराब आचरणको मानिस चाहे म भन्दा उच्च जातको भएपनि मेरो घरभित्र प्रबेश गर्न नदिने राईट टु रिजेक्ट मसङ्ग नै हुनेगर्छ । तर यदि कसैले जातका आधारमा सार्बजनिक पाटीपौवा, सरकारी भवन वा कार्यलय , मठ मन्दिर र होटलमा दुव्र्यवहार गर्छ भने कानुनी सजायको लागि भागिदार हुनुपर्छ । कानुनले दण्डित गर्नुपर्छ ।

समाजमा कथित दलितको उपमा पाएकाहरु पनि स्वयं आफुले आफुलाई हिनताबोध नगरी समाजमा राम्रोसँग घुलमिल हुन सिकौ । आफ्नो दैनिकीमा व्यापक सुधार र फेरबदल गरौ । गरीब हौला तर सफा सुग्घर र साक्षर बन्न जुटौ । सदियौदेखि थिचोमिचो र असमानता ब्यहोदै आउनु परेकोले एकै पटक खुल्ला समाजमा अन्य हुनेखाने र ठालु बर्गसङ्ग प्रतिस्पर्धामा पराजित हुनुहोला तर हिम्मत नहार्नुहोस ।

आगामी ५ बर्षभित्र दलितको नाउँका सबै खाले राहत ,सेवा सुबिधा , अधिकार र कोटा बहिस्कार गर्ने सार्बजनिक प्रतिबद्धता गर्नुहोस् । आफुलाई दलित वा दलित समाजसेबि/अभियन्ताको रूपमा होइन असमनताको विरुद्धको अभियन्ताको रूपमा सशक्त बनाउनुहोस । आफुलाई चिनाउनु पर्दा समाजको सचेत नागरिकको रूपमा चिनाउनुहोस जसले गर्दा म दलित वा तिमी दलित भन्ने अपमान र हिनताको भावना बिस्तारै हराएर जानेछ ।

मेरै पुस्ता पनि जातभातलाई अस्वीकार गर्दै के बाहुन के क्षेत्री के सुनार के परियार के नेपाली र सार्की भनेर सङ्गै एउटै मेसमा एउटै भात बाडेर खान थालेको नि बर्सौ हुन लाग्यो । एक अर्कामा प्रेम र बिश्वास भएर अन्तरजातीय बिबाहहरु पनि भईरहेको छ। फेरि हाम्रा बर्सौ पुराना रितिरिवाज , धर्म सँस्कृती र पुर्बिय दर्शनले गर्दा पनि सबै कुरा एकै पटक जादुको छडीले झै काम नगर्न सक्छन । हरेक घटनालाई अतिरन्जित र समाजमा द्वन्द भड्काउन उद्देलित नबनौ । अब हामीले आगामी पुस्तालाई केबल पुरुष र महिला जात मात्रै छ भनेर सिकाउनु छ, बुझाउनु छ र पढाउनु छ । बिन्ती यो जातको कुरा नगर , समाज बिभक्त गर्ने कुरा नगर ।

प्रतिक्रिया दिनुहोस