चीनद्वारा पहिलो पटक देशद्रोहीको आरोपमा ताइवानी नागरिकलाई जेल चलान

ताइपेई— चीनले एक ताइवानी राजनीतिक कार्यकर्तालाई देशद्रोहीको आरोपमा नौ वर्षको जेल सजाय सुनाएको छ ।

ताइवानी नागरिक याङ चिह—युआनलाई पूर्वी चिनियाँ सहर वानझाउको अदालतले उनलाई सजाय सुनाएको हो ।

चीनले आफ्नो क्षेत्र तोड्न खोजेको आरोपमा ताइवानी व्यक्तिलाई जेल हालेको यो पहिलो पटक हो
।हालैका वर्षहरूमा, चिनियाँ सरकारले सिन्जियाङको सुदूर पश्चिमी क्षेत्रको अल्पसंख्यक समूह उइघुरहरू विरुद्ध विभिन्नआरोप लगाउँदै आएको छ ।

याङसँग जोडिएको घटनाले बेइजिङ र ताइपेईबीच थप तनाव सृजना भएको छ । यसको अलवा चीनले २०२४ मा ताइवान वरिपरि ठूलो सैन्य अभ्यास गरिरहेको छ ।

२०२३ मा, तत्कालीन ताइवानका प्रधानमन्त्री चेन चिएन—जेनले याङलाई मुक्त गर्न चीनलाई आग्रह गरेका दिए । उनलाई २०२२ मा वेन्झाउमा पक्राउ गरिएको थियो।

उनीमाथि ताइवानलाई स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा संयुक्त राष्ट्र संघमा सामेल हुन वकालत गरेको आरोप पनि लगाइएको थियो ।। सन् १९७१ मा संयुक्त राष्ट्र संघको महासभाले ताइवानको सिट चीनलाई दिने पक्षमा मतदान गरेको थियो

प्रतिक्रिया दिनुहोस