रियाद— साउदी अरेबियाले ले लाल सागरमा रहेको जेद्दाह इस्लामिक बन्दरगाहलाई भारतको मुन्द्रा र न्हावा शेवा बन्दरगाहसँग जोड्ने नयाँ समुद्री मार्ग सुरु गरेको छ।
यो नयाँ दस—दिने लामो सुमद्री मार्ग साउदी अरबको सार्वजनिक लगानी कोषको सहायक कम्पनी फोक मेरिटाइम सर्भिसद्वारा सञ्चालन गरिएको हो ।
यस सेवाले भारतबाट उपभोक्ता कार्गो, र पेट्रोकेमिकल्स लगायत राज्यका उत्पादनहरूको आवागमनलाई सहज बनाउँदै व्यापार सम्बन्धलाई बलियो बनाउनेछ।
यसको साथै फोक मेरिटाइमले ओमानको असयदसँग भेसल सेयरिङ सम्झौता पनि गरेको छ, जसले नयाँ रुटका लागि जहाज पनि तैनाथ गर्नेछ।
कम्पनीको विज्ञप्ति अनुसार नयाँ रुटले साउदी अरेबिया र भारतबीचको दुई देशबीचको बलियो द्विपक्षीय सम्बन्धमा थप निर्माण हुने विश्वास गरिएको छ ।
फोक मेरिटाइमका सीईओ पाउल हेस्टबेकले यो नयाँ सेवाले साउदी अरेबिया र भारतबीचको द्विपक्षीय व्यापारलाई अझ प्रवर्द्धन गर्ने बताए।
‘यसले कनेक्टिभिटी र सामुद्रिक क्षेत्रको बृद्धि गरी राज्यलाई विश्वव्यापी लजिस्टिक हबको रूपमा स्थापित गर्न साउदी भिजन २०३० को लक्ष्यमा पनि योगदान पुर्याउनेछ,’ उनले भने।