पाकिस्तानमा एचआईभी—एड्स संक्रमितमा उल्लेख्य वृद्धि, २०१९ को सिन्ध प्रकोपबाट पाठ नसिकेकोमा आलोचना

इस्लामावाद— पाकिस्तानमा ह्युमन इम्युनोडेफिशियन्सी भाइरस (एचआईभी) संक्रमितको संख्यामा उल्लेख्य वृद्धि देखिरहेको छ, जसले स्वास्थ्य अधिकारीहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका लागि चिन्ताको विषय बनेको छ ।

हालैको एचआईभी संक्रमितको सख्यामा भएको वृद्धिले दक्षिणपूर्वी सिन्ध प्रान्तमा भएको सन्२०१९ को एचआईभी प्रकोपबाट देशले कुनै पाठ नसिकेको कुरा उजागर गरेको छ ।
त्यतिबेला सिन्ध प्रान्तमा ८९५ व्यक्ति एचआइभी संक्रमित भएका थिए, जसमध्ये जसमा ८० प्रतिशत बालबालिकाहरू रहेका थिए।

स्थानीय सञ्चारमाध्यमका समाचार अनुसार पछिल्ला केही वर्षहरूमा पाकिस्तानमा एचआईभी संक्रमणमा उल्लेखनीय वृद्धि देखिएको छ । अपर्याप्त स्वास्थ्य सेवा पूर्वाधार, चेतनाको कमी, असुरक्षित चिकित्सा अभ्यासहरू सहित धेरै कारणले गर्दा पाकिस्तानमा एचआईभीको संक्रमण बढिरहेको बताइएको छ ।

पाकिस्तानको प्रमुख अङ्ग्रेजी दैनिक डनमा प्रकाशित सम्पादकीयका अनुसार सरकारले आफ्ना जनतालाई प्राथमिकतामा राख्न नसक्नु, स्वास्थ्यसम्बन्धी पूर्वाधार र स्वास्थ्यकर्मीहरूबीचको अज्ञानताले पाकिस्तानमा एचआईभीको संक्रमण बढिरहेको उल्लेख गरेको छ।

नेशनल एड्स कन्ट्रोल प्रोग्राम र विश्व स्वास्थ्य संगठनको हालैको तथ्याङ्क अनुसार पाकिस्तानमा २ लाख २० हजार भन्दा बढी नागरिक एचआईभीबाट संक्रमित भएका छन् । त्यस्तै, प्रत्येक वर्ष १ हजार भन्दा बढी नयाँ संक्रमित थपिरहेका छन् ।

विभिन्न अध्ययन अनुसार सिन्ध र पञ्जाब प्रान्तहरूमा एचआईभीबाट संक्रमित सबैभन्दा बढी रहेका छन् । यस प्रान्तका केही क्षेत्रहरूमा स्थानीय रुपमा प्रकोपको रुपमा देखिएका छन्।

असुरक्षित इन्जेक्शन, असुरक्षित यौन सम्पर्क, र असुरक्षित रगत जाँच विधिबाट पनि पाकिस्तानमा एचआईभीको संक्रमण भएको देखिएको छ ।

यद्यपि, केही संख्यामा संक्रमण देखिए पनि यो संक्रमण दिनहुँ फैलिरहेको हुँदा यसले महामारी लिन सक्ने सम्भावनाले सबैमा चिन्ता बढाएको छ ।

सामुदायिक स्वास्थ्य विशेषज्ञहरूले पाकिस्तानमा असुरक्षित चिकित्सा विधिकै कारण एचआईभीको बढ्दो संक्रमण भइरहेको बताएका छन् ।

थप रूपमा, सिरिन्जका कारण पाकिस्तानमा एचआईभी फैलाउन योगदान दिने प्रमुख कारक बनेको छ।

धेरै पाकिस्तानीहरू, विशेष गर ग्रामीण समुदायहरूमा, सामाजिक भेदभावको डरले परीक्षण गर्न वा उपचार लिन हिचकिचाउँछन्।

विज्ञहरूका अनुसार यो संक्रमणको बारेमा चेतना र शिक्षाको कमीले यसको फैलावटमा थप योगदान पुर्‍याइरहेको बताएका छन् । धेरै मानिसहरुले थाहा नपाईकन पनि अरु व्यक्तिहरुमा संक्रमण फैलाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस