पाकिस्तानमा एक व्यक्तिले फेसबुकमा ईश्वर निन्दा गरेको आरोप मुद्धा दर्ता

 

साहिवाल— पाकिस्तान पुलिसले चिचावतनीका एक २५ वर्षीय व्यक्ति विरुद्ध उसको फेसबुक पोस्टमा ईश्वरनिन्दाको आरोपमा एफआईआर दर्ता गरेको छ।

चिचावतनी सदरमुकामका प्रहरी सहायक निरीक्षक शमसुल हसनले शनिबार राति उजुरी दिएपछि मुद्दा चलाइएको हो । संदिग्ध व्यक्तिले पहिले इस्लामाबादको सिनेटमा काम गरेका थिए तर उनलाई आफ्नो पदबाट बर्खास्त गरिएको डनले उल्लेख गरेको छ।

संदिग्धले पैगम्बर मुहम्मद विरुद्ध घृणा सामग्री पोस्ट गरेको आरोप लगाइएको छ।

पाकिस्तानको ईश्वरनिन्दा कानूनबारे अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूबाट बारम्बार आलोचना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस