भारतद्वारा चीनलाई पछि पार्दै रसियाका लागि चार गैर—आणविक आइसब्रेकर जहाजहरू निर्माण गर्ने ठेक्का प्राप्त

 

नयाँ दिल्ली— महत्त्वपूर्ण भूराजनीतिक र आर्थिक विकासमा, भारतले चीनलाई पछि पार्दै रसियाका लागि चार गैर—आणविक आइसब्रेकर जहाजहरू निर्माण गर्ने सम्झौता जितेको छ ।

यो जितले भारतको बढ्दो समुद्री इन्जिनियरिङ क्षमताको साथै मस्को र नयाँ दिल्लीबीचको गहिरो सम्बन्धलाई जोड दिन्छ। आइसब्रेकरहरू आर्कटिक क्षेत्रका लागि महत्त्वपूर्ण छन्, जहाँ बाक्लो बरफले यातायातमा बाधा पुर्‍याउँछ। ग्योबल वार्मिङले आर्कटिकको माध्यमबाट नयाँ व्यापार मार्गहरू खोल्दा, बरफमा सजिलै हिड्न सक्ने जहाजहरूको माग बढेको छ।

यी जहाजहरूले रसियालाई आफ्नो आर्कटिक क्षेत्रमा यातायात सुविधा कायम राख्न र विस्तार गर्न सहज हुनेछ ।

यी चार आइसब्रेकरहरूले रसियाको आर्कटिक क्षेत्रको ठूलो आर्थिक गतिशिलको लागि महत्त्वपूर्ण भूमिका खेल्नेछन्।

भारतले यो सम्झौता जित्नु भनेको यसको जहाज निर्माण उद्योगका लागि विशेष गरी आइसब्रेकरहरू जस्ता विशेष क्षेत्रहरूमा महत्त्वपूर्ण कोसेढुङ्गा हो।

परम्परागत रूपमा, भारतमा जहाज निर्माणले घरेलु रक्षा आवश्यकताहरू, व्यावसायिक जहाजहरू, र मर्मतसम्भारमा ध्यान केन्द्रित गरेको छ।

यद्यपि, विगत एक दशकमा, भारतले आइसब्रेकरहरू जस्ता उच्च विशिष्टीकृत जहाज निर्माण प्रविधिलाई विस्तार गरेको छ ।

यो सम्झौता व्यापारिक जीत मात्र होइन भारतको लागि कूटनीतिक विजय पनि हो, जसले रसिया— भारत सम्बन्धलाई बलियो बनाउने संकेत गर्दछ।

युक्रेनसँगको द्वन्द्वपछि रसियामाथि लगाइएका पश्चिमी देशहरुको प्रतिबन्धहरूसँगै मस्कोले रणनीतिक साझेदारी र व्यापारका लागि भारत र चीनजस्ता गैर—पश्चिमी देशहरूसँग आफ्नो सम्बन्ध विस्तार गरेको छ ।

प्रतिक्रिया दिनुहोस