जापानमा गरिएको सर्वेक्षणमा ७१ प्रतिशत उत्तरदाताद्वारा ताइवानलाई स्वतन्त्र राष्ट्रको रूपमा स्वीकार

 

ताइपेई — जापानमा हालै गरिएको एक सर्वेक्षणले ताइवानको स्वतन्त्रताको लागि बलियो समर्थन प्राप्त गरेको छ । सर्वेक्षण अनुसार ७१ प्रतिशत उत्तरदाताहरूले ताइवानलाई एक स्वतन्त्र देशको रूपमा मानेका बताएको ताइवान समाचारले उल्लेअ गरेको छ।

इन्डो—प्यासिफिक स्ट्रेटेजिक थिंक ट्याङ्कले सान्केई शिम्बुनसँगको साझेदारीमा सेप्टेम्बर २१ मा आठ प्रमुख सहरहरूमा ३ हजार जापानी यूवासँग सर्वेक्षण गरेको थियो।

सर्वेक्षणको निष्कर्षले ताइवानमा जापानी जनमतमा महत्त्वपूर्ण अन्तरदृष्टि प्रदान गर्दछ।

थिंक ट्याङ्कले ताइवानसँग सम्बन्धित मुख्य मुद्दाहरूमा प्रकाश पार्न मासिक ‘ताइवान सिचुएसन रिपोर्ट’ प्रकाशित गर्ने लक्ष्य राखेको छ।

ताइवान न्यूजका अनुसार ताइवानको सार्वभौमसत्ताको मुद्दामा ८ प्रतिशत मात्रै उत्तरदाताले ‘ताइवान चीनको हिस्सा हो’ भन्ने कुराको जवाफ दिएका छन् । अन्य २० प्रतिशत उत्तरदाताहरूले ताइवानको बारेमा अनभिज्ञता देखाएका थिए ।

सर्वेक्षणमा सोधेको एउटा प्रश्न ताईवानमा सैन्य द्वन्द्वको सम्भावनाको बारेमा थियो, जसमा ५० प्रतिशत उत्तरदाताहरूले युद्ध हुने सम्भावना नरहेको बताए। अर्को २३ प्रतिशतले द्वन्द्व हुनसक्ने अनुमान गरेका छन् भने २६ प्रतिशतले तटस्थ धारणा व्यक्त गरेका छन् ।

सैन्य द्वन्द्वको स्थितिमा ताइवानलाई सहयोग गर्न संयुक्त राज्य अमेरिका आउने सम्भावनाको सन्दर्भमा, ५२ प्रतिशतले उत्तरदाताले अमेरिकाले भौतिक सहयोग मात्र दिने तर प्रत्यक्ष रूपमा संलग्न नहुने बताएका छन् । यस्तै, ३९ प्रतिशतले अमेरिकाले ताइवानको रक्षाका लागि सेना पठाउने विश्वास व्यक्त गरेका छन् भने बाँकी ८ प्रतिशतले अमेरिकाले ताइवानलाई कुनै पनि सहयोग नगर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस