इस्लामाबाद— इटाली भ्रमण गर्न चाहने पाकिस्तानी पर्यटकहरूले भिसाको लागि आवेदन गर्दा वित्तिय अवस्था पनि दिनुपर्ने भएको छ । अबदेखि पाकिस्तानी नागरिकले इटाली भ्रमण भिसाको लागि आवेदक दिँदा बसार्इ भरीलाई पुग्ने पर्याप्त रकमको प्रमाण देखाउनु पर्ने भएको छ । यस्तो नभएमा उनीहरूको भिसा आवेदन अस्वीकार गर्ने जोखिम बढेको छ ।
यो वित्तीय अवस्थाको प्रमाणपत्र अब पाकिस्तानका सबै यात्रुहरूको लागि प्रक्रियाको एक अनिवार्य सर्त हो ।
इटाली दक्षिणी र पश्चिमी यूरोपमा अवस्थित एक प्रमुख यूरोपीय गन्तव्य हो। यसको भूमध्यसागरीय तटरेखा र उत्तरमा विशाल आल्प्सले यसलाई यात्रुहरूको लागि प्रमुख गतब्य हो।
भिसाको लागि पाकिस्तानी नागरिकले ३० दिन भित्रको बैंक स्टेटमेन्ट पेश गर्नुपर्छ । ३० दिनको बसाइका लागि पाकिस्तानी पर्यटकको बैंक खातामा इटालीको आर्थिक मापदण्ड पूरा गर्न कम्तिमा ९०० युरो हुनुपर्छ।