भारतको पहिलो हाइड्रोजन रेल डिसेम्बरबाट सञ्चालन हुने

 

नयाँ दिल्ली— भारतीय रेलवे नेटवर्क संसारको सबैभन्दा ठूलो मध्ये एक हो । यहाँक लाखौं मानिसहरूले यसलाई आफ्नो यात्राको लागि रेल प्रयोग गर्ने गर्दछन्।

भारतीय रेलवेले पनि आफ्ना रेलसेवालाई विकास र विस्तार गर्दै लगेको । यात्रुहरूको सुविधाको लागि वन्दे भारत एक्सप्रेस रेल अब हाइड्रोजनबाट चल्ने भएको छ । भारतीय रेलवेको विकासको बारेमा कुरा गर्ने हो भने पहिला यहाँका सबै रेलहरु स्टीम इन्जिनहरूबाट सुरु भयो र त्यसपछि कोइलाबाट चल्ने भए । त्यसपछि रेल इन्जिनहरू जीवाश्म ईन्धन (डिजेल) बाट चल्ने बनाइएको थियो जसले धेरै प्रदुषण गर्ने गर्दछ । पछिल्ला समयका आधुनिक रेलहरु आधुनिक रेलहरू बिजुलीमा चल्छन् जुन कोइला जलाएर पनि उत्पादन गरिन्छ। यी प्रगतिहरूको बीचमा, भारतमा अब पानीबाट चल्ने रेल सञ्चालनमा ल्याउने भएको छ ।

देशमा यो नै पहिलो पटक पानीमा रेल चल्ने भएको छ । यो उन्नत हाइड्रोजन इन्धन प्रविधि मार्फत हासिल गरिनेछ। हाइड्रोजन रेलको पाइलट प्रोजेक्ट छिट्टै सुरु हुनेछ। यस रेललाई प्रति घण्टा लगभग ४० हजार लिटर पानी चाहिन्छ, र यो सञ्चालनलाई समर्थन गर्न विशेष पानी भण्डारण सुविधाहरू निर्माण गरिनेछ।

हाइड्रोजन रेलको पायलट प्रोजेक्ट डिसेम्बर २०२४ मा सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस