रावलपिन्डी—पाकिस्तानको रावलपिन्डीमा अत्यावश्यक वस्तुको मूल्य निरन्तर उकालो लाग्दा मुद्रास्फीतिको चपेटामा परेको छ । सरकारले मूल्य स्थिरताको आश्वासनलाई दिएपनि कार्यान्वयन हुन सकेको छैन् । यो वृद्धिले भान्साको मूल्य आकासिएसँगै घरायसी बजेटमा गम्भीर असर पारेको एक्सप्रेस ट्रिब्यूनले रिपोर्ट गरेको छ।
दाल, खाना पकाउने तेल, पीठो र तरकारीजस्ता खाद्यान्नको मूल्यमा भारी वृद्धि भएको छ । अहिले कालो चना प्रति किलोग्राम ६०० रुपैयाँ छ, जबकि स्प्लिट चनाको मूल्य प्रतिकिलोग्राम ४०० रुपैयाँ छ।
खाना पकाउने तेलको मूल्य प्रतिलिटर ५२० रुपैयाँ पुगेको छ भने घ्यूको एक डिब्बाको मूल्य १५०० रुपैयाँले बढेको छ। सबै ब्रान्डका सफ्ट ड्रिङ्कहरू अहिले विगतको दरभन्दा १० रुपैयाँ बढी भएकाले पेय पदार्थमा समेत असर परेको छ।
यस्तै, कुखुराको मासु प्रतिकिलो ६५० रुपैयाँ र अण्डा प्रति दर्जन ३३० रुपैयाँमा बिक्री भइरहेको छ । अहिले दूधको मूल्य अहिले प्रतिलिटर २२० रुपैयाँ रहेको छ भने दहीको मूल्य प्रति लिटर २४० रुपैयाँ रहेको एक्सप्रेस ट्रिब्युनले रिपोर्ट गरेको छ।
यी बढ्दो लागतलाई सम्बोधन गर्न केन्द्रीय किराना व्यापारी संघ, मिल्कमेन मार्केट, नान बाई, मटन बीफ पसल युनियन, पोल्ट्री युनियन लगायतका विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरूले संंयुक्त बैठक बिनानिष्कर्ष टुंगिएको छ ।
किराना व्यापारी संघका केन्द्रीय अध्यक्ष सलिम परवेज बटले सरकारले मुद्रास्फीति सम्बोधन गर्न कुनै ठोस कदम नचालेकोमा आक्रोश व्यक्त गरेका छन् ।