ताइपेई— ताइवानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिका, जापान र अष्ट्रेलियालाई ताइवानमा शान्ति र स्थिरताका लागि आह्वान गरेकोमा कृतज्ञता व्यक्त गरेको ताइवान समाचारले उल्लेख गरेको छ।
अष्ट्रेलियाको डार्विनमा भएको १४औँ त्रिपक्षीय रक्षा मन्त्रीहरूको बैठक पछि यो बयान आएको हो, जहाँ तीन राष्ट्रका रक्षामन्त्रीहरू, अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेस, जापानी रक्षामन्त्री नाकातानी जनरल र अमेरिकी रक्षामन्त्री लोयडले सहभागीता जनाएका थिए।
ताइवान राष्ट्रपति कार्यालयका प्रवक्ताले तीन रक्षामन्त्रीको संयुक्त वक्तव्य सार्वजनिक गर्दै राष्ट्रपति कार्यालयले यी देशसँग दिर्घकालीन साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गर्ने बताएकी छन् ।
‘साझा मूल्यमान्यता, गहिरो विश्वास, र सामूहिक प्रतिरोधलाई सुदृढ पार्ने हाम्रो अटूट प्रतिबद्धतामा आधारित, हाम्रो सहयोगको विकास जारी छ।’, राष्ट्रपति कार्यालयका प्रवक्ता करेन कुओले ताइवानको बारेमा स्थितिमा ध्यान दिन र जोड दिएकोमा हाम्रा अन्तर्राष्ट्रिय साझेदारहरूलाई कृतज्ञता व्यक्त गरिन्।
प्रवक्ताले त्रिपक्षीय संयुक्त विज्ञप्तिले ताइवानमा शान्ति र स्थायित्व एक महत्वपूर्ण क्षेत्रीय मुद्दा मात्र नभएर विश्व शान्ति र समृद्धिको लागि पनि आवश्यक तत्व हो भनेर फेरि एक पटक देखाएको बताएकी छन् ।
प्रवक्ता कुओले ताइवान लोकतन्त्रको रक्षाको अग्रपंक्तिमा उभिएको र यो क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको जिम्मेवार सदस्य भएको बताइन्। उनले बढ्दो जटिल क्षेत्रीय अवस्थाको सामना गर्दै ताइवानले आफ्नो आत्मरक्षा क्षमतालाई सुदृढ गर्न जारी राख्ने र संयुक्त राज्य अमेरिका, जापान, अष्ट्रेलिया र अन्य समान विचारधारा भएका देशहरूसँग मिलेर नियममा आधारित अन्तर्राष्ट्रियको रक्षा गर्न सहयोगात्मक साझेदारीलाई अझ प्रगाढ बनाउने कुरामा जोड दिइन्।
ताइवान समाचारका अनुसार तीन देशको संयुक्त वक्तव्यले ताइवानमा शान्ति र स्थायित्व एक महत्वपूर्ण क्षेत्रीय मुद्दा मात्र नभएर विश्वव्यापी शान्ति र समृद्धिका लागि आवश्यक तत्व भएको कुरालाई जोड दिएको कुओले प्रेस विज्ञप्तिमा कुओले बताइन्। उनले आफ्नो प्रतिरक्षा क्षमतालाई बलियो बनाउन र नियममा आधारित विश्वव्यापी व्यवस्थालाई कायम राख्न समान विचारधारा भएका राष्ट्रहरूसँगको साझेदारीलाई अझ प्रगाढ बनाउने ताइवानको प्रतिबद्धता दोहोर्याइन्।