भारत र चीनबीच कैलाश मानसरोवर तीर्थयात्रा पुनः सुरु गर्ने विषयमा सहमति

 

नयाँ दिल्ली— भारत र चीन वर्षौंको सीमा गतिरोध पछि भारतीय तीर्थयात्री कैलाश मानसरोवर यात्रा पुनः सुरु गर्ने विषयमा सहमतिमा पुगेका छन्।

दुवै पक्षले सीमापार नदी सहयोग र नाथुला सीमा व्यापारलाई विशेष उल्लेख गर्दै शान्ति प्रवर्द्धन र कायम राख्ने उपायहरूमा पनि जोड दिएका छन्।

एक विज्ञप्तिमा, भारतीय विदेश मन्त्रालयले विशेष प्रतिनिधिहरूे ले सीमा प्रश्नको समाधानको लागि निष्पक्ष, उचित र पारस्परिक रूपमा स्वीकार्य ढाँचा खोज्दै समग्र द्विपक्षीय सम्बन्धको राजनीतिक दृष्टिकोण कायम राख्ने महत्त्वलाई दोहोर्‍याको उल्लेख गरेको छ ।
एक प्रेस विज्ञप्तिमा, चिनियाँ विदेश मन्त्रालयले डिसेम्बर १८, २०२४ मा, चीन—भारत सीमा प्रश्नमा विशेष प्रतिनिधिहरूको २३ औं बैठक बेइजिङमा सम्पन्न भएको जनाएको छ। यो पाँच वर्षमा दुई पक्ष बीचको पहिलो बैठक हो ।

बैठकको क्रममा सीमामा शान्ति र स्थिरता कायम राख्ने र कूटनीतिक तथा सैन्य वार्ताका लागि संयन्त्रलाई सुदृढ पार्ने विषयमा वार्ता भएको थियो। साथै अर्को वर्ष भारतमा पनि अनुगमन बैठकको योजना पनि बनाइएको थियो।

“काजान बैठकमा दुई देशका नेताहरूले गरेको महत्त्वपूर्ण सहमतिको आधारमा, चिनियाँ विशेष प्रतिनिधि, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशक वाङ यी र भारतीय विशेष प्रतिनिधि तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले चीन—भारत सीमा मुद्दामा सकारात्मक र रचनात्मक तरिकाले ठोस छलफल गरे र छ वटा सहमतिमा पुगे,” विज्ञप्तिमा भनिएको ।

रिपोर्टका अनुसार, एनएसए अजित डोभालले अर्को वर्ष भारतमा विशेष प्रतिनिधिहरूको अर्को चरण आयोजना गर्न वाङ यीलाई भारत भ्रमण गर्न आमन्त्रित गरेका छन्।

प्रतिक्रिया दिनुहोस