रियो डि जेनेरियो— ब्राजिलका अभियोजनकर्ताहरूको टोलीले उत्तरपूर्वी ब्राजिलमा चिनियाँ विद्युतीय गाडी निर्माता बीवाईडीको निर्माणधिन कारखानामा काम गरिरहेका १६३ चिनियाँ नागरिकलाई ‘दासत्व जस्तै’ राखिएको अवस्थाबाट उद्धार गरेको छ।
श्रम अभियोजक कार्यालयले कामदारहरू बस्ने कोठाको भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा जहाँ गद्दा नभएका खाट र व्यक्तिगत सामान राख्न कुनै स्थान नभएका कोठा देखाइएको थियो।
कामदारहरूलाई चीनमा छिनछियाङ्ग कन्ट्रसन ब्राजिल नामक ठेकेदार कम्पनीले नियुक्त गरेको थियो। उक्त कम्पनीले कामदारहरूको पासपोर्ट जफत गर्नुका साथै उनीहरूको तलबको ६० प्रतिशत नियन्त्रण गरेको थियो। काम छोड्न चाहनेहरूले चीनको हवाई यात्रा खर्च पनि तिर्न बाध्य हुने भनिएको थियो।
बीवाईडी, जो विश्वकै ठूला विद्युतीय गाडी निर्माताहरू मध्ये एक हो जसले उक्त कम्पनीसँगको सम्झौता तुरुन्त रद्द गर्ने घोषणा गरेको छ। बीवाईडी ले कामदारहरूको अस्थायी आवासका लागि नजिकैका होटलहरूको व्यवस्था गर्ने र निर्माण कार्य रोक्दा उनीहरूलाई असर नपर्ने सुनिश्चितता जनाएको छ।
अभियोजनकर्ताहरूका अनुसार कारखानामा ३१ जना कामदारका लागि केवल एक शौचालय उपलब्ध थियो। यसले कामदारहरूलाई बिहान ४ बजे नै उठेर लाम बस्न बाध्य पारेको थियो।