एस्टोर— पाकिस्तानद्धारा नियन्त्रित गिलगिट बाल्टिस्तान (पीओजीबी) प्रान्तको एस्टोर जिल्लाको काम्री क्षेत्रका बासिन्दाहरूले यस क्षेत्रमा चिकित्सा सेवाको तीव्र अभावका कारण बढ्दो स्वास्थ्य संकटको सामना गरिरहेका छन्।
मार्खोर टाइम्सका अनुसार, दुई अस्पतालहरू भएको काम्री क्षेत्रमा पहिले एक जना डाक्टरले सेवा दिँदै आएका थिए।
यद्यपि, सरकारले हालै काम्री क्षेत्रबाट उपलब्ध एक मात्र डाक्टरलाई स्थानान्तरण गरेको छ, जसले गर्दा कडा जाडो महिनाहरूमा स्थानीय जनसंख्या आवश्यक चिकित्सा सेवाहरूको पहुँचबाट वञ्चित रहेका छन्।
‘मानिसहरू रोगबाट पीडित छन्, र बच्चाहरू छिटो बिरामी परिरहेका छन्। चिसो मौसमले हाम्रो स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ,’ एक स्थानीय बासिन्दाले भने। ‘हामी सरकारलाई तुरुन्तै डाक्टर पठाउन आग्रह गरिरहेका छौं। यदि कुनै व्यवस्था गरिएन भने, हामीसँग विरोध प्रदर्शन गर्नुको विकल्प हुनेछैन,’ उनले भने।
जाडो सुरु भएसँगै, विशेष गरी बालबालिकाहरूमा रोग व्यापक रूपमा फैलिएको छ, । यस क्षेत्रको विकट भूभाग र कडा जाडोको कारणले गर्दा टाढाका अस्पतालहरूमा यात्रा गर्न नसक्ने धेरै स्थानीयहरू अहिले आधारभूत चिकित्सा सेवा प्राप्त गर्न संघर्ष गरिरहेका छन्।
यस क्षेत्रमा योग्य स्वास्थ्यकर्मीको अभावले परिवारहरूलाई सामान्य मौसमी रोगहरूको सामना गर्न गाह्रो बनाएको छ, जुन अत्यधिक चिसोका कारण झनै बढेको छ।
बासिन्दाहरूले सरकारको असफलताप्रति निराशा व्यक्त गरेका छन्। यस्तै, आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न र थप पीडाबाट बच्न काम्रीमा डाक्टर खटाउन सुनिश्चित गर्न तत्काल कार्यान्वयनको लागि स्थानीयले आह्वान गरिरहेको मार्खोर टाइम्सले उल्लेख गरेको छ ।
‘हामी चाहन्छौं कि सरकारले सकेसम्म चाँडो डाक्टरको व्यवस्था गरोस्। यहाँकाे अवस्था भयावह छ, र हामी अब पर्खन सक्दैनौं। यदि हाम्रा मागहरू पूरा भएन भने, हामी यो महत्वपूर्ण मुद्दामा ध्यान आकर्षित गर्न विरोध प्रर्दशन गर्नेछौं,’ उनले भने।
यस क्षेत्रमा पहिले नै स्वास्थ्य सेवा सुविधा कमजोर भएकाले, काम्रीका बासिन्दाहरूले सरकारी अधिकारीहरूलाई उनीहरूको स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिन आग्रह गरिरहेका छन् ।