ढाका— चीनले तिब्बती पठारको पूर्वी भागमा ब्रह्मपुत्र नदी (यारलुङ त्साङ्पो) मा विश्वकै ठूलो बाँध निर्माण गर्दैछ। यो बाँधले बङ्गलादेशका जमुना नदी र यसको आसपासको भूभागमा ठूलो असर पार्नेछ। मनसुनको समयमा बाँधबाट ठूलो मात्रामा पानी छोड्दा जमुना नदिमा बाढी आउनेछ, र सुक्खा मौसममा पानी रोकेर जमुना सुकाउने खतरा छ।
ब्रह्मपुत्र नदीको प्राकृतिक मार्ग परिवर्तन हुँदा बङ्गलादेशको नदी प्रणालीमा गम्भीर असर पर्न सक्छ। यस क्षेत्र भूकम्पसम्वेदनशील भएकाले बाँधको संरचना भूकम्पको जोखिम पनि बढाउने डर छ।
यो परियोजनाको लागत १३७ अर्ब डलर छ, जसले वार्षिक ३०० अर्ब किलोवाट—घण्टा बिजुली उत्पादन गर्ने दाबी गरिएको छ। तर यसको मूल्य बङ्गलादेशले पर्यावरणीय क्षति, बाढी, र सुक्खा प्रकोपको रूपमा चुकाउनुपर्नेछ।
भारतले यसबारे अन्तर्राष्ट्रिय दबाब सिर्जना गरिरहेको छ, तर बङ्गलादेशका नेताहरू मौन छन्। चीनसँगको निकटताका कारण कतिपय प्रभावशाली व्यक्तिहरूले स्वार्थका लागि यो विषय दबाउन खोजिरहेका छन्।
यस बाँध निर्माणले जमुना नदि क्षेत्रका लाखौँ मानिस विस्थापित हुने, पर्यावरणीय असन्तुलन हुने, र बङ्गलादेशको भविष्यलाई संकटमा पार्ने खतरा छ।