हरित, डिजिटल, र एआई सीपहरूको माग पूरा गर्न भारतको रोजगार बजार तयार

 

प्रारम्भिक क्यएस वर्ल्ड फ्यूचर स्किल्स इन्डेक्सले विशेष गरी एआई, डिजिटल, र हरित प्रविधिहरूमा भविष्यको रोजगारी बजारका मागहरू पूरा गर्न भारतको मजबुत स्थितिमा रहेको देखाएको छ ।

समग्रमा २५औँ स्थानमा रहेको भारतलाई ‘फ्यूचर स्किल्स कन्टेन्डर’ को रूपमा मान्यता दिइएको छ, जसले ‘फ्यूचर अफ वर्क’ वर्गमा ९९ दशमलव १ अंकसहित विश्वमा अमेरिका पछि दोस्रो स्थान हासिल गरेको छ। विश्वव्यापी आर्थिक चुनौतीहरूको बाबजुद, भारतको भेन्चर क्यापिटल आकर्षित गर्ने क्षमता र आफ्नो कार्यबलमा एआईलाई एकीकृत गर्ने क्षमता यसको गतिशील र सुदृढ इकोसिस्टमलाई झल्काउँछ।

डिजिटल क्षेत्रका लागि रोजगार दिन तयार भारतको अवस्था र उच्च शिक्षाको प्रणाली, उद्योग सहकार्य, र हरित प्रविधिहरू र दिगो विकाससँग सम्बन्धित विश्वव्यापी प्रवृत्तिहरूलाई समन्वय गर्नका लागि सुधारका अवसरहरू समेटिएका छन्। इन्डेन्सले स्नातकहरूलाई डिजिटल, एआई, र हरित सीपमा दक्ष बनाउने र वयस्क शिक्षा र सीप विकास प्रवर्द्धन गर्न २०२० को राष्ट्रिय शिक्षा नीतिलाई उपयोग गर्ने कुरामा सुझाव दिएको छ छन्।

क्यूएस स्ट्राटेजी र एनालिटिक्सका उपाध्यक्ष माटेओ क्वाक्वेरेल्लीले भारतको द्रुत जीडीपी वृद्धि, युवा जनसंख्या, र स्टार्टअप संस्कृतिलाई प्रमुख बलियो पक्षका रूपमा औंल्याएका छन्। तर, अनुसन्धान र उद्योग प्रयासहरूलाई हरित प्रविधि र दिगो पूर्वाधारजस्ता विश्वव्यापी प्रवृत्तिहरूसँग समन्वय गर्ने चुनौती बाँकी रहेको छ। सन् २०२५ र २०३० को बीचमा भारतको अर्थतन्त्र वार्षिक औसत ६ दशमलव ५ प्रतिशतको दरले वृद्धि हुने अनुमान छ, जसले यसलाई विश्वव्यापी प्रतिस्पर्धात्मकता कायम राख्न आवश्यक सीपहरूको निरन्तर विकासमा जोड दिन्छ।

प्रतिक्रिया दिनुहोस