नयाँ दिल्ली— ओपन नेटवर्क फर डिजिटल कमर्स (ओएनडीसी) लाई भारतमा नयाँ उद्यमशील नवप्रवर्तनको लहर ल्याउने एउटा रूपान्तरणकारी पहलका रूपमा हेरिएको छ ।
कलाारी क्यापिटलद्वारा प्रकाशित एक रिपोर्टका अनुसार, ओएनडीसीले डिजिटल कमर्स क्षेत्रलाई क्रान्तिकारी रूपमा परिमार्जन गर्दै व्यवसायहरूका लागि समावेशी र विकेन्द्रीकृत प्रणाली निर्माण गर्नेछ।
ओएनडीसी सार्वजनिक प्रविधि पहल हो, जसलाई भारत सरकारको उद्योग प्रवर्धन तथा आन्तरिक व्यापार विभागले सुरु गरेको हो।
यसले निजी गैर—नाफामूलक ८ कम्पनीका रूपमा काम गर्दै, खरिदकर्ता र विक्रेताबीच सीधै लेनदेन गर्न खुला र अन्तर्सञ्चालित नेटवर्कको सिर्जना गर्ने लक्ष्य लिएको छ। यसले अमेजन वा फ्लिपकार्टजस्ता विशेष प्लेटफर्ममा निर्भरता हटाउँदै व्यापार र ग्राहकहरूको पहुँचलाई व्यापक बनाउनेछ।
रिपोर्टले ओएनडीसीलाई नवप्रवर्तनका लागि ठूलो अवसरका रूपमा व्याख्या गरेको छ। यसले उद्यमीहरूले ओएनडीसी को संरचनालाई प्रयोग गरी ठूला स्तरका समाधान निर्माण गर्ने सम्भावनाबारे विशेष उत्साह देखाएको छ।
रिपोर्टका अनुसार, आधार र यूपीआईजस्ता नवप्रवर्तनकारी पहलहरूले भारतको डिजिटल रूपान्तरणलाई बल पुर्याएका छन्। ओएनडीसीले यो परम्परा जारी राख्दै भारतको ई—कमर्स क्षेत्रका असमानताहरू हटाउनेछ।
हाल डिजिटल व्यापारले शहरी क्षेत्रमा मात्र प्रगति गरेको छ भने ग्रामीण र असंगठित क्षेत्रहरू अझै पछि परेका छन्। ओएनडीसीले साना व्यवसाय र स्थानीय पसलहरूलाई संगठित व्यापारका फाइदा उपलब्ध गराउँदै परम्परागत व्यापारको व्यक्तिगत झल्को कायम राख्ने लक्ष्य राखेको छ।
ओएनडीसीमा एआई आधारित सूची व्यवस्थापन, बहुभाषीय इन्टरफेस, र समग्र आपूर्ति श्रृंखला जस्ता नवप्रवर्तनकारी विशेषताहरू समावेश छन्।
यसले साना व्यवसायहरू, जस्तै स्थानीय किराना पसलहरूलाई, प्रभावकारी रूपमा सामग्री व्यवस्थापन गर्न, क्षेत्रीय भाषामा उत्पादनहरू सूचीबद्ध गर्न, र राष्ट्रिय आपूर्ति श्रृंखलासँग जोडिन सहयोग पुर्याउनेछ।