चीनमा विवाह दर ऐतिहासिक रूपमा न्यून, सम्बन्धविच्छेद दरमा वृद्धि

 

बेइजिङ— चीनमा विवाह दर २०२४ मा ऐतिहासिक रूपमा न्यून विन्दुमा पुगेको छ। सरकारले युवाहरुलाई विवाह र सन्तान जन्माउने प्रेरणा दिन थालेको भए पनि यो समस्या झन् जटिल बन्दै गएको सीएनएनले जनाएको छ।

चीनको नागरिक मामिला मन्त्रालयका अनुसार, गत वर्ष जम्मा ६ दशमलव १ मिलियन जोडीले विवाह दर्ता गराए, जुन २०२३ को तुलनामा २० दशमलव ५ प्रतिशत कम हो। यो संख्या मन्त्रालयले १९८६ देखि तथ्यांक संकलन गर्न थालेयता अहिलेसम्मकै सबैभन्दा न्यून हो।

विवाह र जन्मदरमा आएको गिरावट चीनका लागि ठूलो चुनौती बनेको छ। काम गर्ने उमेरका जनशक्ति र वृद्ध जनसंख्या बढ्दै जानुका कारण देशको अर्थतन्त्रमा दबाब परिरहेको सीएनएनले जनाएको छ। सन् २०१३ मा १३ मिलियन जोडीले विवाह दर्ता गराएका थिए, जुन हालको संख्याको आधाभन्दा कम हो।

भर्खरै सार्वजनिक भएको तथ्यांक अनुसार, चीनमा तलाकको संख्यामा पनि केही वृद्धि देखिएको छ। २०२४ मा २ दशमलव ६ मिलियन जोडीले सम्बन्ध विश्छेदका लागि निवेदन दिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २८,००० ले बढी हो।

२०२१ देखि, चीनले सम्बन्ध विश्छेद गर्ने जोडीहरूका लागि ३० दिनको ‘कूलिङ–अफ’ अवधि अनिवार्य गरेको छ।

यद्यपि, चीनमा जन्मदरमा केही वृद्धि देखिए पनि, जनसंख्या लगातार तीन वर्षदेखि घटिरहेको छ। १६ देखि ५९ वर्ष उमेर समूहका कार्यबल जनसंख्या २०२४ मा ६ दशमलव ८३ मिलियनले घटेको छ। यसैबीच, ६० वर्षभन्दा माथिका वृद्ध जनसंख्या वृद्धि भएर कुल जनसंख्याको २२ प्रतिशत पुगेको छ।

विवाह दर घट्नु र जन्मदर कम हुनु आपसमा प्रत्यक्ष रूपमा सम्बन्धित रहेको चिनियाँ अधिकारीहरूको विश्वास छ। सामाजिक मान्यता र सरकारी नियमले अविवाहित जोडीलाई सन्तान जन्माउन चुनौतीपूर्ण बनाएको छ।

यस समस्यालाई समाधान गर्न सरकारले वित्तीय प्रोत्साहन, जनचेतना कार्यक्रम, र युवा पुस्तालाई विवाह र सन्तान जन्माउन प्रेरित गर्न विभिन्न उपायहरू अपनाइरहेको छ।

सरकारले ब्लाइन्ड डेटिङ कार्यक्रम, सामूहिक विवाह समारोह आयोजना गरिरहेको छ। साथै, गरिब ग्रामीण पुरुषहरूको लागि विवाहलाई सहज बनाउन दुलही पक्षलाई दिनुपर्ने महँगो दाइजोको परम्परामा पनि कटौती गर्ने प्रयास गरेको छ।

केही स्थानीय सरकारले नवयुवाहरूलाई विवाह गर्न आर्थिक प्रोत्साहन ९अबकज ष्लअभलतष्खभक० समेत दिन थालेका छन्।

सन् २०२२ देखि, चीनको परिवार नियोजन संघ ९ँबmष्थि एबिललष्लन ब्ककयअष्बतष्यल० ले ूनयाँ युगको विवाह र सन्तान जन्माउने संस्कृतिू विकास गर्ने कार्यक्रम ल्याएको छ। यस अन्तर्गत, विवाह र सन्तान जन्माउने सामाजिक महत्वलाई जोड दिँदै, युवाहरुलाई ूउचित उमेरमा विवाह र सन्तान जन्माउनेू प्रेरणा दिन थालिएको छ।

तर, यी सबै नीतिहरूले अझै प्रभाव पार्न सकेका छैनन्। बेरोजगारी, महँगी, जीवनयापन खर्चको वृद्धी, र कमजोर सामाजिक सुरक्षाका कारण युवाहरू विवाह गर्न उत्साहित देखिएका छैनन्। आर्थिक मन्दीका कारण चिनियाँ युवाहरू विवाह र परिवार स्थापना गर्न हिच्किचाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस