पाकिस्तान नियन्त्रित गिलगित—बाल्टिस्तानको दियामेर जिल्लामा शिक्षाको संकट

 

दियामेर— पाकिस्तान नियन्त्रित गिलगित—बाल्टिस्तानको दियामेर जिल्लामा शिक्षा प्रणाली गम्भीर संकटमा पुगेको छ। विद्यार्थीहरूको कमजोर प्रदर्शनले शिक्षाको गुणस्तरमा ठूलो समस्या रहेको संकेत गर्छ। प्राथमिक र माध्यमिक विद्यालयहरूमा निराशाजनक नतिजाहरू देखिएको पविर टाइम्सले जनाएको छ।

दियामेरका १२५ प्राथमिक विद्यालयमध्ये ५३ विद्यालयमा कक्षा ५ को परीक्षामा एक जना विद्यार्थी पनि सफल हुन सकेनन्, अर्थात् सफलताको दर ० प्रतिशत रहेको छ। यसले शिक्षा प्रणालीको गम्भीर अवस्था उजागर गर्दछ। उता, १२५ विद्यालयमध्ये केवल ६ विद्यालयमा मात्रै १०० प्रतिशत सफलता दर देखियो। तर, यी विद्यालयहरूमा जम्मा २९ विद्यार्थी मात्र भर्ना भएका थिए, जसमा ३ जना परीक्षा दिन समेत उपस्थित भएनन्।

माध्यमिक तहमा पनि अवस्था उस्तै छ। कक्षा ८ को परीक्षामा ४५ विद्यालयमध्ये ३ विद्यालयमा कोही पनि सफल भएनन्, भने मात्र २ विद्यालयमा १०० प्रतिशत उत्तीर्ण दर रह्यो। ती विद्यालयमा जम्मा १२ विद्यार्थी मात्रै भर्ना भएका थिए थिए। पविर टाइम्सका अनुसार, दियामेर जिल्लाको कुल सफलता दर मात्र १७ दशमलव १८ प्रतिशत रहेको छ, जुन अत्यन्तै चिन्ताजनक तथ्यांक हो र यसले तत्काल सुधारको आवश्यकतालाई दर्शाउँछ।

परीक्षा पास गर्न आवश्यक न्यूनतम अंक ४० प्रतिशतबाट घटाएर ३३ प्रतिशत पुर्‍याउने प्रस्ताव भए पनि शिक्षाको भविष्य अझै अनिश्चित देखिन्छ। पमिर टाइम्स का अनुसार, पाकिस्तान नियन्त्रित गिलगित—बाल्टिस्तान शिक्षाको गम्भीर संकटबाट गुज्रिरहेको छ। शिक्षा क्षेत्रमा अपर्याप्त पूर्वाधार, सीमित स्रोतसाधन, जीर्ण विद्यालय भवनहरू, पुराना शैक्षिक उपकरणहरू, र योग्य शिक्षकहरूको अभाव मुख्य समस्या बनेका छन्।

प्रतिक्रिया दिनुहोस