ब्रसेल्स— युरोपको गोपनीयता नियामक निकायले चीनको ओपनएआई डीपसिक विरुद्ध राष्ट्रिय नियामकहरूबाट थप कारबाही हुन सक्ने चेतावनी दिएको छ।
चिनियाँ सस्तो एआई स्टार्टअपको बढ्दो लोकप्रियताले युरोपियन संघ (ईयू) मा चिन्ता बढाएको छ।
पछिल्लो समय इटालीले डीपसिकमाथि प्रतिबन्ध लगाउनु साथै फ्रान्स, नेदरल्यान्ड, बेल्जियम, लक्जेम्बर्ग लगायतका देशका नियामकहरूले डीपसिकको डेटा संकलन अभ्यासमाथि प्रश्न उठाउँदै आएका छन्
युरोपियन डेटा प्रोटेक्शन बोर्डका प्रवक्ताले धेरै डेटा सुरक्षा प्राधिकरणहरूले डीपसिकविरुद्ध कारबाही थालेका छन्, र भविष्यमा थप कारबाही हुन सक्ने बताए ।
यी चासोका कारण युरोपियन डेटा प्रोटेक्शन बोर्डले अप्रिल २०२३ मा स्थापना गरेको एआई निगरानी कार्यदलको क्षेत्राधिकार विस्तार गर्ने निर्णय गरेको छ। यो कार्यदलले माइक्रोसफ्ट—समर्थित ओपनएआईको च्याटजिपिटीमा केन्द्रित रहँदै आएको थियो।
युरोप गोपनीयता संरक्षणको अग्रस्थानमा रहेको छ। सन् २०१८ मा लागू भएको सामान्य डेटा सुरक्षा नियमलाई विश्वकै कडा गोपनीयता कानुन मानिन्छ। यस कानुनअनुसार, कुनै पनि कम्पनीले युरोपियन नागरिकको व्यक्तिगत डेटा संकलन गर्दा पारदर्शी हुनैपर्छ।
डीपसिकले यी नियमहरूको पालना नगरेको भन्दै विभिन्न देशहरूमा नियामक कारबाही सुरु भएको छ। यदि डीपसिकले पारदर्शिता कायम गर्न सकेन भने, भविष्यमा अझ कडा प्रतिबन्ध लाग्न सक्ने सम्भावना रहेको छ।