कोरोना संक्रमणबाट नेपालमा थप १ को मृ’त्यु, मृतकको संख्या ३२ पुग्यो

काठमाडौं, १९ असार । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका नयाँ वानेश्वर बस्ने एक ८५ बर्षीय वृद्धको कोरोना भाइरस कोभिड १९ संक्रमणको कारण निधन भएको छ ।

उच्च रक्तचाप र छातीमा देखिएको समस्याका कारण एक निजी अस्पतालमा भर्ना भएका ती बृद्धको कोरोना परीक्षण गर्दा पोजिटिभ पाइएको हो ।

योसंगै कोभिड १९ बाट नेपालमा मृत्यु हुनेको संख्या ३२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस