मनछुने प्रेमिल लाईनहरु, एक पटक पढ्नुहोला

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. म कुन अवस्थामा छु, त्यो उसलाई थाहा छैन तर ऊ कुन अवस्थामा छ, त्यो मलाई राम्रो संग थाहा छ, खोजी उसैले गर्छ जसले सम्बन्ध निभाउन चाहन्छ ।

२. मुटुको घाउ बल्झीरहन्थ्यो, म भ्रममा रहेछु, तिम्रा यादहरु औषधि हैन कारण रहेछन् ।

३. दुखका क्षणहरुमा मलाई याद गर्दिनु, तिम्रो खुसीमा सामेल हुने औकात त मेरो कहाँ छ र ?

४. सपनाको दुनियाको रंग त स्थिर छ तर वास्तविक दुनियाको रंग कहिल्यै ठम्याउन सकिन ।

५. तिमीलाई पछ्याउन त यति धेरै मज्जा छ, थाहा छैन वास्तविकतामा सगै हिड्न पाए भने कति खुशी पाउने हु ?

६. खुसीहरुको स्वाद रसिलो हुन्छ रे, दुखहरु भोग्न बानि परेको मान्छेलाई सोधी हेर त, उसले खुशी र दुखको स्वादको फरक नै पाउदैन ।

७. खोजी खुशीकै छ, दुखहरु त मैले नचाहदा नचाहदै पनि मेरो साथमा आउने गर्छन् ।

८. सायद उसको मन हलुका भएको छ होला, आखिर उसले मेरा धेरै माया अनि यादलाई त्यहाँबाट हटाइदिएको जो छ ।

९. न माफीको लायक छु, न त् मायाको लायक नै छु, थाहा छैन वास्तवमा छु चाहि के को लागि ?

१०. बरु दिल टुक्रियोस, कमसेकम आफ्नाहरुले यो त हेर्न पाउनेछन कि हरेक टुक्रामा कसको लागि कति माया छ भनेर ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

मनछुने भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस