बिरे नुन त तपइलाई थाहा छ नि ? अनि यसकाे कायापलट गर्ने फइदाहरु नि ?

मानिसलाई स्वस्थ राख्न नुनको ठूलो भूमिका हुन्छ । यसबाट शरीरलाई सोडियम र क्लोराइड तत्व प्राप्त हुन्छ । सोडियम नसा र मांशपेशी सञ्चालन तथा तन्दुरुस्त राख्न अति आवश्यक पर्छ । तर, उच्च रक्तचाप तथा ‘हाइपर टेन्सन’ बिरामीका लागि नुन बढी सेवन गर्नु हानिकारक हुन्छ । किनकि नुन बढी भएमा मिर्गौला, मुटु र रक्तचापसमन्धी रोग बढ्ने खतरा हुन्छ।

‘काँचो नुन खानु हुँदैन, नुन बढी खानु हुँदैन, नुनले मिर्गौला बिगार्छ ।’ नुनका विषयमा अक्सर यस्तै टिप्पणी सुनिन्छ । त्यसो भए कति खाने त नुन ? नुन प्रयोगबारे विज्ञहरू यो भन्छन्ः

एउटा स्वस्थ व्यक्तिले दैनिक सबै खानामा गरी १० ग्राम अर्थात् दुई चिया चम्चा नुनको प्रयोग गर्न सक्छन् । उच्च रक्तचाप, मधुमेह, मुटु, मिर्गौला, कलेजोको सिरोसिस भएका बिरामीहरूले भने दैनिक पाँच ग्राम अर्थात् एक चिया चम्चा मात्र सेवन गर्न सक्छन् । यस्ता बिरामीलाई नुनले झनै रोग बढाउने सम्भावना हुने भएकाले कागती पानी, प्रशोधित अचार, दालमोठ, बिस्कुट या लेजजस्ता खाने कुराहरू खान नहुने त्रिवि शिक्षण अस्पतालकी पोषणविद् नानी शोभा शाक्य बताउँछिन् ।

चिकित्सका अनुसार नुनको प्रयोग बढी भएमा मिर्गौलामा पत्थरी हुने र रक्तचाप बढ्ने समस्या आउँछ । रक्तचाप वृद्धि भएकै कारण मुटुसम्बन्धी विभिन्न रोग लाग्ने चिकित्सक बताउँछन् ।

नेपाली बोलीचालीमा बीरे नुन भनिने कालो नुनलाई घरेलु औषधीको रुपमा प्रयोग गर्ने चलन पूरानै हो । पेट दुख्दा या ग्याष्ट्रिक हुँदा यसको प्रयोग गर्ने गरिएको छ । यसमा आइरन, सल्फ्युरसजस्ता कयौं खनिज पदार्थ पाइन्छ । यसमा सेतो नुनको तुलनामा सोडियमको मात्रा पनि कम हुन्छ । यसैले यसले शरीरमा सोडियमको स्तर बढाउँदैंन ।

जानौं कालो नुनका फाइदाहरु

१. तौल घटाउन उपयोगी

कालो नुनले तौल घटाउन पनि मद्धत गर्छ । शरीरमा पाचन प्रक्रिया ठीक हुन्छ भने खानामा भएको पोषक तत्व शरीरले राम्ररी लिन पाउछ । स्वादिलो हुने भएकाले यो नुन निरन्तर प्रयोग गर्न सकिन्छ ।

त्यसका लागि एक गिलास पानीमा एउटा कागती निचोरेर हाल्ने र स्वाद अनुसारको नुन मिसाउन सकिन्छ । यसले शरीरमा बोसो जम्मा हुन दिँदैंन । गर्मीका बेला तिर्खा लाग्दा दिनको तीन चारपटक कालो नुन खान सकिन्छ ।

२. मधुमेहमा लाभकारी

कालो नुनमा सोडियम कम हुन्छ । यसले ब्लड सुगरलाई नियन्त्रित गर्छ । यसैले मधुमेहका बिरामीका लागि कालो नुन उपयोगी हुन्छ । मधुमेह सुरुवाती अवस्थामा छ भने त कालो नुनको प्रयोगले ठीक पनि हुन सक्छ । सोडियम कम हुने भएकाले मुटु र मिर्गौला रोग लाग्ने सम्भावना पनि कम हुन्छ ।

३. भोक बढाउँछ

कालो नुनको प्रयोगले भोक बढाउँछ । खाना सजिलै पच्छ । यसैले शरीरले उर्जालाई राम्रोसंग प्रयोगगर्न पाउँछ । यदि कम भोक लाग्ने समस्या छ भने कालो नुनमा सलाद, दही, मोही, कागतीपानी संगै प्रयोग गर्न सकिन्छ । यसबाट शरीर पनि स्वस्थ राख्न सकिन्छ र सोडियमको मात्रा पनि बढ्दैन ।

४. जोर्नी दुख्दा

मांसपेशी र जोर्नी दुख्दा बीरे नुनले सेक्ने हो भने निको हुन्छ । यसका लागि एउटा कपडामा थोरै नुन बाँध्नुपर्छ । यसलाई तातो बनाएर दुखेको ठाउँमा दिनको दुईपटक सेक्ने हो भने तत्काल राहत मिल्छ ।

५. अपच हुँदा

अपच हुँदा बीरे नुन अर्थात् कालो नुन लाभदायी हुन्छ । यसले मुखको ग्रन्थी सक्रिय बनाइदिन्छ । पेटमा हाइड्रोक्लोरिक एसिड र प्रोटीनलाई पचाउने इन्जाइम बढाउन मद्धत गर्छ । अपच, कब्जियत, एसिडीटीमा एक गिलास पानीमा कागतीको रससंगै यो नुन हालेर पिउनाले राहत मिल्छ ।

जानौं बिरे नुनका थप फाइदाहरु

१. यो सजिलै शरीरमा समायोजन हुनसक्ने भएकोले यसले डिहाइड्रेशनबाट बचाउँछ ।

२. शरीरमा पानीको मात्राको पूर्तिगर्नुका साथै शरीरमा स्फुर्ति ल्याउन भुमिका खेल्छ ।

३. रगतमा चिनीको मात्रा पुरागर्नुका साथै शरीरमा चिनीरोगको बिकास हुन दिदैन ।

४. यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

५. शरीरमा एसीड तथा फासफोरसको मात्रालाई सन्तुलनमा ल्याउँछ ।

६. नियमित रुपमा यो नुन प्रयोग गर्नाले छाला चाउरीन पाउँदैन । साथै छालामा दुख दिने खटिरा तथा डण्डीफोर आउन पाउँदैन ।

७. स्वासप्रश्वास संबन्धी समस्याहुनेहरुका लागि यो बिरेनुनको प्रयोग अति लाभदायक हुन्छ ।

८. बढ्दो उमेरका केटाकेटीहरुका लागि यसले हड्डी बलियो बनाउन मद्धत पुर्याउँछ ।

९. टाउकोको कोषिकाहरुलाई पुनर्जिवित बनाउनुका साथै एकाग्रतामा सुधार ल्याउनुका साथै मीठो निन्द्रा निमत्याउँछ ।

१०. मांसपेशीलाई बलियो बनाउँछ ।

११. रक्तसंचारमा सुधार ल्याउँनुका साथै रगतलाई प्रदुशित हुनबाट जोगाउँछ ।

१२. यसले रगतलाई सफा पार्नुका साथै शरीरमा विषादी प्रवेश गर्न दिदैन ।

१३. यसले कलेजो तथा किडनीलाई बलियो बनाउँछ ।

१४. पिनास, घाँटीदुखेको तथा दम रोगमा यसको धुलो सुँघेमा रोग निदान हुन्छ ।

१५. शरीरको संपुर्ण शक्ति, मुड तथा सकारात्मक बिचारको बिकासमा यसको देन प्रशंसनिय छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

हाम्राे घरमा रहेको अदुवा जीवनबुटी हो, यसको सेवनले क्यान्सर, अम्लीय, सुगर चैट

अदुवा, वैज्ञानिक वर्गीकरणअनुसार जिन्जीविरेसी परिवारमा पर्ने प्रमखु बिरुवा हो । यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ । यसको गानो रेशादार हुन्छ ।

जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ । नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ । अदुवाले बिभिन्न प्रकारका रोग निको पार्छ ।

हामीले अदुवा सजिलोसंग नै बजारमा पाउन सक्छौ । पानी उमालेर अदुवाको सानो सानो टुक्रा त्यसमा हालेर खादा पनि हाम्रो घाटी दुखेको, छाती दुखेको निको हुन्छ ।

अदुवा हामी सबैको भान्सामा हुन्छ । यसलाई तरकारी पकाउदा मिलाएर खाने गरेको पाइन्छ । तर यसको खाने तरिका र नियमित सेवन गर्न सके यो जीवन बुटी समान हुनेछ ।

अदुवा हामी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । अदुवाले खानाको स्वाद बढाउन मद्धत गर्छ । अदुवालाई आयुर्वेदमा औषधि बनाउनको लागी प्रयोग गर्ने गर्छौं ।

अदुवालाई हामी घरेलु उपचारको लागी विभिन्न समस्याहरुले सताउँदा प्रयोग गर्न सक्छौँ । त्यसैले यो हाम्रो लागी निकै फाइदाजनक छ । अदुवालाई हामी काचैं पनि चपाउन सक्छौँ । यसलाई चियामा हालेर पनि चिया पिउन सकिन्छ ।

अदुवाको सेवनबाट हामीलाई पुग्ने फाइदहाहरु यस्ता छन्

यसले हाम्रो पाचन पक्रियालाई बलियो बनाउन मद्धत गर्छ । जसले गर्दा हामीलाई खाना पचाउन मद्धत पुग्छ ।

हरेक दिन अदुवा खाने गरेमा शरीरको अनावश्यक बोशो हट्छ । जसले गर्दा हाम्रो मोटोपना हराउँछ र हाम्रो तौल नियन्त्रित रुपमा रहन्छ ।

अदुवाको रस पिउनाले हाम्रो रगत सधैं सफा रहने गर्छ ।

अदुवा पानि पिउने गरेमा हाम्रो शरीरमा रहेको चिनीको मात्रा नियन्त्रित रुपमा रहने गर्छ । यसले गर्दा हामीलाई मधुमेह हुने सम्भावना निकै कम हुने गर्छ ।

अदुवाको सेवनले हामीलाई फोक्शो , कलेजो र छालाको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।

हरेक दिन अदुवा चपाउने गरेमा हामीलाई रुघाखोकी हुने सम्भावना निकै कम हुन्छ ।

अनुहारमा आउने पिम्पल्स र दाग हटाउन चाहानु हुन्छ भने हरेक दिन अदुवा खाने गर्नुहोस यसले तपाईलाई फाइदा पुर्याउँछ ।

यसमा पाइने फोस्फोरसले हाम्रो दाँतलाई स्वास्थ्य राख्छ र गिजामा घाउ पनि आउन दिदैन ।

अदुवापानी नियमित सेवन गर्नुका फाइदा

१. डायबिटिज नियन्त्रण गर्छ

नियमित अदुवापानी पिउनाले शरिरको रगतमा सुगर लेभल नियन्त्रण हुन्छ । यसले डायबिटिज नियन्त्रण गर्छ ।

२. मांशपेशीको दुखाई कम गर्छ

अदुवा पानी पिउनाले शरिरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाई कम हुन्छ ।

३. टाउको दुख्न कम गर्छ

अदुवा पानी नियमित पिउनाले मस्तिष्कको कोषहरुमा आराम मिल्छ र टाउको दुख्न कम हुन्छ ।

४. छाला स्वस्थ बनाउँछ

नियमित अदुवापानी पिउनाले शरिरको विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले रगत सफा हुन्छ र रगत र छालाको इन्फेक्सनको खतरा कम हुन्छ ।

५. प्रतिरक्षा बढ्छ

अदुवा पानी पिउनाले शरिरको रोग प्रतिरक्षा क्षमता बढ्छ । यसले रुघाखोकीको खतरा टर्छ ।

६. कफको समस्या हटाँउछ

अदुवापानीमा एन्टी ब्याक्टेरियल तत्व हुन्छ । यसको पानी पिउनाले खोकीको समस्या हट्छ ।

७. क्यान्सर बाट बचाँउछ

अदुवामा एन्टी क्यान्सर तत्व पाइन्छ । त्यसैले अदुवा पानी नियमित पिउनाले फोक्सो, प्रोस्टेट, ब्रेस्ट, लगाएतका धेरै थरी क्यान्सरहरुबाट बचाँउछ ।

८. मुटु पोल्न कम गर्छ

खाना खाएको २० मिनेटपछि एक कप अदुवापानी पिउनुहोस् । यसले शरिरमा एसिडको मात्रा कन्ट्रोल गर्छ र मुटु पोल्ने समस्या कम हुन्छ ।

९. पाचनप्रणाली सुधार्छ

अदुवा पानीले शरिरमा पाचन गराउने जुसको मात्रा बढाँउछ । यसले खाना छिटो पचाउन सहयोग गर्छ ।

१०. तौल घटाउँछ

अदुवा पानी पिउनाले शरिरमा मेटाबोलिजम सुधार हुन्छ । यस्तोमा बोसो छिटो पग्लन्छ र तौल घटाउन सजिलो हुन्छ ।

यस्तो अवस्थामा अदुवा सेवनले हुनसक्छ हानि

१. कम तौल भएका व्यक्ति

यदि तपाईंको शरीरको तौल कम छ भने अदुवा तपईंको लागि हैन । यसले हाम्रो आमाशयमा रहेको पाचक एंजाइमलाई व्यवस्थित त गर्छ नै यसले भोक लाग्ने क्रियालाई सुस्त बनाइदिन्छ जसले वजन घट्ने हुन्छ ।

यसरी वजन कम भएकाहरूमा कपाल झर्ने र भिटामिनको कमीको समस्या पनि देखिन सक्छ ।

२. रगत नजम्ने समस्या भएमा

हिमोफिलिया भन्ने रगत सम्बन्धित समस्या भएका व्यक्तिले अदुवाको सेवन कम गर्नु पर्दछ । यो त्यस्तो समस्या हो जसमा घाउबाट बग्ने रगत नजम्ने हुन्छ ।

अदुवाले रक्त संचारको गति बढ्ने भएकाले त्यस्तो समस्या भएका व्यक्तिहरूले अदुवा सेवन गरे सामान्य होत लाग्दा पनि बढी रगत बग्ने समस्या देखिन सक्छ ।

३. गर्भावस्थामा

गर्भावस्थाको सुरुवाती दिनहरूमा अदुवा सेवनले वाकवाकी लाग्ने जस्ता समस्याहरूमा नियन्त्रण गर्न मद्दत गर्दछ । तर यसका अन्तिम दिनहरूमा भने अदुवाले समय पुग्नु अगावै प्रसव पीडा गराएर समय नपुगी बच्चा जन्मिन सक्छ ।

४. मधुमेह र रक्तचापको औषधि सेवन गरिराखेका व्यक्तिहरू

मधुमेह र उच्च रक्तचापको समय भएका व्यक्तिहरूले अदुवाको सेवन नगर्नु नै राम्रो हुन्छ । यस्ता बिरामीहरूलाई बिटा-ब्लकर, एंटिकोगुल्यान्टस् अर्थात् रगत पातलो पर्ने औषधि या इन्सुलिन जस्ता औषधि दिने गरिन्छ । अदुवासँग मिलेर यस्ता औषधिहरूले हानिकारक असर गर्ने गर्दछन् ।

अदुवा चियाको फाइदै फाइदा छन् तर दुध सहितको अदुवा चिया होइन नि

अदुवामा धेरै स्वास्थ्यवर्द्धक गुणहरु हुन्छन् । यसलाई चियाको रुपमा खाँदा स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । हामीले यहाँ त्यस्तै केहि फाइदाहरुको सूचि तयार पारेका छौँ ।

१. रक्त सञ्चारमा सुधार

अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

२. महिनाबारीको समाधान

अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेन त्यसले झनै राम्रो गर्छ ।

३. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धी

अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

४. दिकदारी कम गर्छ

अदुवा हालेको चिया सेवन गर्दा दिकदारी र तनाव कम गर्छ । चियाँ र अदुवाबाट बन्ने कडा रसायनले यस्तो लाभ दिने चिकित्सकहरुको भनाइ छ ।

५. बान्ता हुने र विरामी पर्ने हुँदैन

कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु राम्रो हुन्छ ।२ पाचन प्रणालीमा सुधार

अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

६. दुखाइमा पनि औषधी

अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

७. श्वासप्रश्वासको समस्यामा औषधी

अदुवाको चियाले श्वासप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।

खानुस् सुकेको अदुवा, शरीर राख्नुस् स्वस्थ

सुकेको अदुवा

खानासँग सुकेको अदुवा प्रयोग गर्दा मुटुरोग, गाँठो पर्ने, पाचन समस्या, कब्जियत, छेरपटी र खोकी जस्ता समस्याबाट मुक्ति पाइन्छ । यसबाहेक नून, दही र मही मिसाएर खाँदा पनि स्वास्थ्यलाई फाइदा हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस