महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रेरक भनाईहरु

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १४ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १४ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

लक्ष्मीप्रसाद देवकोटा को जन्म वि. सं. १९६६ साल कार्तिक २७ गते ’लक्ष्मीपुजा’को दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । देवकोटा नेपाली साहित्यका महाकवि हुन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरि साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए ।

उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल महाकाव्य जस्ता अद्वितिय कृतिहरू लेखेका छन् । विशेष गरी देवकोटाको मुनामदन लोकप्रिय भएको थियो ।

१. मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।

२. कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन ।

३. सत्यका लागि त्याग गर्न जसले सक्दैन त्यो कदापी वीर हुन सक्दैन ।

४. खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

५. चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाईतिर लम्कनु नै पर्वतारोही हो ।

६. दर्शन भय हो भने कविता सत्य हो ।

७. घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ ।

८. जीवन एक पांग्रा हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ ।

९. मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ।

१०. शहर र गाउँमा जम्मा दुईटा कुरा फरक छन्, शहरमा घरहरु नजिक हुन्छन् मन टाढा हुन्छ, गाउँमा घर टाढा हुन्छ तर मन नजिक हुन्छ ।

११. सुन भनेको हातको मैलो हो, आनन्द त त्यसमा छ जहाँ साग र सिस्नुखाँदा मिल्छ ।

१२. संसार अँध्यारो समान हो ।

१३. जीवन भनेको खाक समान छ त्यसैले यसमा घमण्ड नगर ।

१४. मृत्यु जहिल्यै तिम्रो अगाडि हुन्छ ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस