कुन महिनामा जन्मेका युवतीको चरित्र कस्तो हुन्छ ? ‘ज्योतिष बिज्ञान’ यसो भन्छ !

खास गरेर महिलाको सरलपन स्वभावले पुरुषलाई आकर्षित गराउछ। महिलाहरु आफ्नै परिवेश अनुसारको सिको गर्ने पनि गर्दछन तर उनीहरुको स्वभाव जन्मेको महिना अनुसार पनि निर्धारण हुने ज्योतिष शास्त्रले बताउछ । कुन महिना जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ भन्ने केहि कुराको बारेमा जानकारी दिदैछौ ।

बैसाख – यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रो’ध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त हुन्छ।

जेष्ठ – यो महिनामा जन्मिएका महिलाहरू तिष्ण बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र सम्पती सहज तरिकाले प्रप्त गर्छन। यो महिना जन्मेको महिलाहरु सधै सफलता हातपार्छन् । धार्मिक रुपमा बढी आस्था राख्ने गर्दछन् । जीवन साथीको राम्रो साथ पाउँछन् । उनीहरूका श्रीमान् धर्मप्रती त्यती आस्था नराख्ने भएको कारण कहिले काँही म’नमुटब हुन्छन् ।

आषाढ – आषाढमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र सं’घर्षमा पनि उनीहरूले सोँचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ ।

साउन – यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी रुचि राख्ने स्वभाबको हुन्छ । यो महिना जन्मेका महिलाले सुख, दुःख, फइदा र नो’क्सान समान रुपले भोग्नु पर्छ । सन्तानबाट सुख प्रप्त गर्छन् । यो महिना जन्मेको महिलाहरु धेरै जसो समय कुनै न कुनै बिरामीबाट ग्रसित हुन्छन् । श्रीमान् र प्रेमीबाट धेरै मायाको आश राख्ने स्वभाबको हुन्छन् ।

भाद्र – यो महिनामा जन्म लिएका महिलाहरूको मिठो बोली र सरल स्वभाव उनीहरूको विशेषता हो । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जि’द्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जि’द्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछ ।

असोज – असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने र सन्तानबाट चिन्ता हुने देखिन्छ ।

कार्तिक – कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपूर्ण हुन्छन् । मिठो बोल्छन् । सामान्यतय यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार सासु ससुरासँग पनि झ’गडा गर्ने तथा झ’गडालु हुन्छन् ।

मंसीर – यो महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो बोल्न जान्दैनन् । धार्मिक काममा बढी रुचि भएका हुन्छन् । धेरै धन कमाए पनि सञ्चित त्यती हुँदैन । उनीहरूलाई पेटसम्बन्धी समस्या बढी देखिने गर्छ ।

पुष – पुष महिनामा जन्मेका महिलाहरू सामान्यतय अत्यन्तै क्रो’धी हुन्छन् । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । यी महिलामा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।

माघ – माघमा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । सरल र सहज स्वभावका हुन्छन् तर अलि जि’द्दी स्वभाव र अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शि’कार हुने पनि देखिन्छ ।

फाल्गुन – फागुन महिनामा जन्मलिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दुःख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् ।

चैत – यो महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । कहिलेकाहिँ उनीहरूमा क्रो’ध हा’वी हुनाले समस्या पनि ल्याउन सक्छ ।

प्रतिक्रिया दिनुहोस